लुईस स्वारेजले देशको लागि ५० गोल गरे

बार्सा नेपाल । अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा यूरुग्वेले चेक रिपब्लिकलाई हराएको छ । यूरुग्वेको जितमा बार्सिलोनाका फरवार्ड समेत रहेका लुईस स्वारेज तथा पीएसजीका फरवार्ड एडिसन काभानीले एक/एक गोल गरेका थिए ।

खेलमा यूरुग्वेले सुरुवातमै अग्रता लिएको थियो । खेलको १० औं मिनेटमा स्वारेजलाई चेक रिपब्लिकका गोलकिपर जिरी पाभ्लेङ्काले फाउल गरेपछि यूरुग्वेलेृ पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग स्वारेजले गरेका थिए । त्यस्तै ३७ औं मिनेटमा एडिसन काभानीले अत्कृष्ट बाइसाइकल किक हानेर गोल गरेका थिए ।

उक्त गोलसँगै बार्सिलोनाका फरवार्ड स्वारेजले यूरुग्वेबाट ५० गोल गरेका छन् । सन् २००७ देखि यूरुग्वेको जर्सीमा उत्रेका उनले ९६ खेल खेल्दा गोलसंख्या ५० पुर्याएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here