शनिबार बिहान ठूला अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल हुने (म्याच प्रिभ्यू)

बार्सा नेपाल । सन् २०१८ मा हुने विश्वकप फुटबल प्रतियोगिता नजिकिँदै गर्दा तयारीको लागि क्लबका खेलहरु केही समयको लागि स्थगित भएका छन् । विश्वकपको अभ्यासको लागि बार्सिलोना १६ जना खेलाडीहरु आ–आफ्नो देशतर्फ केही दिनअघि नै प्रस्थान गरेका थिए । ती खेलाडीहरुले आज/भोली (नेपाली समय) अनुसार आ–आफ्नो देशको जर्सी लगाएर खेल खेल्दैछन् ।

मैत्रिपूर्ण खेल भए पनि केही खेलहरु निकै रोचक हुने अनुमान गरिएको छ ।

जर्मनी–स्पेन

जमर्नी र स्पेनबीच शनिबार बिहान साढे १ बजे (नेपाली समय) खेल हुँदैछ । जमर्नीमा हुने खेलको प्रत्यक्ष प्रशारण सोनी टेन टु बाट हुनेछ । उक्त खेलमा बार्सिलोनाका ४ जना खेलाडीहरु समावेश हुनेछन् । स्पेनबाट आन्द्रेज इनियष्टा, जेरार्ड पिके र जोर्डी अल्बा हुनेछन् भने यी तीनै जनाबिरुद्ध जमर्नीबाट मार्क आन्द्रे टेर स्टेगन जर्मनीको गोल पोष्ट सम्हाल्न उत्रनेछन् ।

इटाली–अर्जेन्टिना

शनिबार बिहान साढे १ बजे (नेपाली समय) मा हुने खेलमा अर्जेन्टिनाको जर्सीमा कप्तान बनेर लियोनल मेसी मैदानमा उत्रनेछन् । यो खेलको प्रत्यक्ष प्रशारण सोनी टेन वान बाट हुनेछ ।

मेसी उत्कृट फुटबलर हो भनेर प्रमाणित गर्न आवश्यक छैनः म्याराडोना

नेदरल्याण्ड–इंग्ल्याण्ड

नेदरल्याण्डको जर्सीमा इंग्ल्याण्ड बिरुद्ध मैदानमा उत्रिनको लागि बार्साको दोस्रो रोजाइका गोलकिपर ज्यास्पर सिलेसन तयारी अवस्थामा छन् । यस खेल शनिबार बिहान साढे १ बजे नै सुरु हुनेछ ।

पोर्तुगल–इजिप्ट

पोर्तुगलमा साढे १ बजे शुरु हुने यस खेलमा मिडफिल्डर आन्द्रे गोमेज घरेलु टोलीको रोजाइमा पर्नेछन् ।

फ्रान्स–कोलम्बिया

स्पेनपछि बार्सिलोनाबाट बोलाइएका धेरै खेलाडीमा फ्रान्सका ३ जना परेका छन् । फ्रान्समा हुने खेदमा ओस्माने डेम्बेले, स्यामुअल युम्टीटी तथा लुकास डिने कोलम्बियाबिरुद्ध उत्रनेछ भने कोलम्बियाको जर्सीमा यारी मिना फ्रान्सबिरुद्ध उत्रनेछन् । यो खेलको प्रत्यक्ष प्रशारण शनिबार बिहान १ः४५ बजे (नेपाली समय) मा सोनी सिक्स च्यानलमार्फत हेर्न सकिन्छ ।

पेरु–क्रोयसिया

पेरुमा हुने खेल शनिबार बिहान सवा ६ बजे शुरु हुनेछ । यो खेलमा बार्साका खेलाडी इभान राकेटिच क्रोयसियाको जर्सीमा मैदान उत्रनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here