बार्साको भविष्यको लागि कप्तान इनियष्टा चीन जाने लगभग पक्का

बार्सा नेपाल । पछिल्लो समय बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टाको बार्सिलोना भविष्यबारेमा थुप्रै खाले समाचारहरु प्रकाशित भइरहेको छ । ३३ वर्षीय कप्तान इनियष्टालाई चीनबाट मोटो रकमको प्रस्ताव आएपछि उनी कतै चीनतर्फै त लाग्ने होइनन् भनेर बार्सा समर्थकहरुलाई चिन्ता परेको हो । गत महिना उनले आफू बार्सामै बस्ने या चाइनिज सुपर लिग खेल्ने भन्ने बारेमा आफूले सिजनको अन्त्यमा निर्णय लिने बताएका छन् ।

बार्साले ‘आजीवन’ सम्झौता गरेका इनियष्टाको भविष्यबारेमा क्लबले उनीसँग सोध्ने भएको छ । अध्यक्ष जोसेप मारिया बार्तोमेउकै प्रयासमा उनीसँग क्लबले आजीवन सम्झौता गरेको थियो । उनी यूरोपियन लिगका अन्य क्लबहरु नजाने तर, चीन जाने कुरामा क्लब पनि लचिलो हुने देखिएको छ ।

बार्सिलोनामा हालसम्म पनि फर्ममा रहेका प्रतिष्ठित खेलाडीलाई अझै क्लबमै राख्दा उनको आलोचना बढ्नेतर्फ क्लब पनि सचेत रहेको छ । यद्यपी उनको निर्णयलाई नै क्लबले मान्ने स्पोर्ट्को अनलाईन संस्करणमा उल्लेख छ ।

बार्तोमेउ सँधै खेलाडीहरुसँग नजिक हुन चाहन्छन् । इनियष्टासँग आजीवन सम्झौता गर्नुभन्दा अगाडि बार्तोमेउ इनियष्टाकै घरमा पुगेका थिए । इनियष्टाले क्लब छोड्ने कुरामा पनि उनी यही पद्दतीलाई पछ्याउने समाचारमा उल्लेख छ ।

उता, प्रशिक्षक अर्नेष्टो भालभर्डे भने इनियष्टाको प्रस्थान हुने समाचारले बढी चिन्तित बनेको समाचार प्रकाशित भएको छ ।

इनियष्टाले भने क्लबमा युवा खेलाडीलाई स्थान बनाइदिनुपर्ने धारणा व्यक्त गर्दै आइरहेका छन् । मिडफिल्डमा कोउटिन्हो तथा अर्थुर मेलाेजस्ता खेलाडी आउन लागेकोले क्लबको भविष्यको लागि उनी चीनतर्फ जाने समाचार यसअघि नै प्रकाशित भइरहेका छन् ।

बार्साको घरेलु मैदान ‘क्याम्प नाउ’बारे ९ तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here