बार्साको घरेलु मैदान ‘क्याम्प नाउ’बारे ९ तथ्य, जुन तपाईलाई थाहा नहुन सक्छ

बार्सा नेपाल । धेरै फुटबल समर्थकहरुलाई थाहा छ क्याम्प नाउ बार्सिलोनाको घरेलु मैदानको नाम हो । यसका दर्शक अट्ने क्षमता ९९ हजार ३५४ जना रहेको छ । फुटबल क्बल बार्सिलोनाले यसलाई अझै आकर्षक बनाउने योजना अगाडि सारेको छ । क्याम्प नाउमा क्लबस्तरको खेल मात्रै होइन, अन्तराष्ट्रिय खेलहरु पनि हुने गरेको छ । साथै समय समयमा सांगितिक कार्यक्रमको लागि पनि क्याम्प नाउ भाडामा दिइने गरेको छ ।

यहाँ हामीले क्याम्प नाउ बारे जानकारी प्रस्तुत गरेका छौं जुन तपाईलाई थाहा नहुन सक्छ ।

१. क्याम्प नाउ बार्सिलोनाको पहिलो घरेलु मैदान होइन । पहिलो घरेलु मैदान हाल क्याम्प नाउ रहेकै ठाउँमा थियो । जसको दर्शक क्षमता थोरै भएको हुनाले क्याम्प नाउको निर्माण भएको हो ।

२. क्याम्प नाउ सन् १९५७ मा निर्माण भएको हो । यो दर्शक संख्याको हिसावले यूरोपको सबैभन्दा ठूलो रंगशाला हो । साथै विश्वको तेस्रो ठूलो रंगशाला हो ।

३. कुनै समय क्याम्प नाउको आकार ब्राजिलको माराकाना रंगशालाजस्तै थियो । माराकानाको दर्शक क्षमता १ लाख २० हजार छ क्याम्प नाउको क्षमता पनि यत्तिकै थियो तर, सुरक्षाको हिसावले दर्शक क्षमता घटाइएको हो ।

४. क्याम्प नाउमा रहेको छानाले मैदानको घाँसको वृद्धि रोक्ने हुनाले समय समयमा घाँस नै परिवर्तन गर्नुपर्छ ।

५. आर्किटेक नोरम्यान फोस्टरले क्याम्प नाउको पुनसंरचना गर्नकोलागि १ लाख ३ हजार दर्शक क्षमताको योजना प्रस्तुत गरेका थिए । तर, रंगशालामा पर्याप्त घाम प्रवेश गरोस् भनेर दर्शक क्षमता घटाएर सिसाको छानो हालिएको हो ।

६. क्याम्प नाउ पुनसंरचनाको हालको बजेट करिब ३०० मिलियन यूरो रहेको छ ।

७. के तपाईलाई थाहा छ क्याम्प नाउको अर्थ ? क्याम्प नाउ क्याटालान शब्द हो यसको अर्थ ‘नयाँ रंगशाला’ भन्ने हुन्छ ।

८. क्याम्प नाउमा सर्वप्रथम १९५७ अक्टोबर ६ मा पहिलो पटक खेल भएको थियो । रियल जइन क्लबसँग भएको उक्त खेलमा बार्सिलोना ६–१ गोलले विजयी भएको थियो ।

९. क्याम्प नाउमा खेल हेर्नको लागि कम्तीमा २० यूरो देखि ६५० यूरोसम्मको मूल्य तिर्नुपर्ने हुन्छ । खेलको प्रकृति हेरेर यसको मूल्य निर्धारण हुने गर्छ । यसमा सहुलियतको व्यवस्था पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here