स्पेनका प्रशिक्षक लोपेतेउई भन्छन्ः इनियष्टा विश्वकपको लागि मुख्य खेलाडी हुन्

बार्सा नेपाल । बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टाबारे स्पेनका फुटबल प्रशिक्षक हुलेन लोपेतेउईले प्रशंसा गरेका छन् । उनले रसिया विश्वकपको लागि अन्तराष्ट्रिय अभ्यास खेलको पूर्वसन्ध्यमा पत्रकारहरुसँग बोल्दै इनियष्टा अघिल्लो वर्षभन्दा फर्ममा रहेको बताएका हुन् ।

लोपेतेउईले विश्वकपमा स्पेनको टोलीमा इनियष्टा मुख्य खेलाडी हुने कुरा पनि बताएका छन् । उनी भएको खण्डमा स्पेनको मिडफिल्डमा अत्यान्तै सुधार हुने लोपेतेउईको भनाइ रहेको छ । ३३ वर्षीय इनियष्टाले नेतृत्व गरेको बार्सिलोना यो सिजन निकै फर्ममा रहेको छ । सोही आधारलाई हेर्दा पनि इनियष्टा स्पेनको टोलीमा बलियो हतियार हुने देखिएको हो ।

लोपेतेउईले भने ‘मैले इनियष्टाको हरेक खेल हेर्दै आइरहेको छु । उनी निकै फर्ममा रहेको छन् । मलाई लाग्छ उनी अघिल्लो सिजनभन्दा पनि उच्च फर्ममा रहेका छन् । त्यसैले विश्वकपको लागि उनी मेरो मुख्य हतियार नै हुनेछन् त्यसमा कुनै शंका छैन ।’

स्पेनले शुक्रबार जमर्नीको सामना गदैछ भने मंगलबार अर्जेन्टिनासँग पनि खेल खेल्दैछ । त्यसैको लागि अहिले बार्सिलोनाबाट आन्द्रेज इनियष्टा, जोर्डी अल्बा तथा जेरार्ड पिकेलाई बोलाइएको छ ।

लोपेतेउई बार्सिलोनाका पूर्व खेलाडी पनि उनले सन् १९९४ देखि १९९७ सम्म बार्सिलोनाबाट खेलेका थिए । यसअघि पोर्तोका प्रशिक्षक उन सन् २०१६ बाट स्पेनका प्रशिक्षक बनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here