रियलका समर्थकहरुको पनि प्रिय रोनाल्डिन्हो ‘ह्याप्पी बर्थ डे’

बार्सा नेपाल । सन् १९८० मा आजकै दिन जन्मेका ब्राजिलियन खेलाडी रोनाल्डिन्हो आजबाट नयाँ वर्षमा प्रवेश गरेका छन् । उनले केही महिना अघि मात्रै आफुले फुटबल खेलबाट सन्यास लिएको घोषणा गरेका थिए ।

फुटबलबाट सन्यासको घोषणा गरे पनि रोनाल्डिन्होले फुटबल प्रेमीहरुलाई गज्जब गज्जबको सम्झना दिएर गएका छन् । सँधै हासिरहने रोनाल्डिन्हो बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्ने भए पनि रियल मड्रिडका फ्यानहरुकोले पनि उनको खेल कौशल र सँधै हासिरहने बानीको तारिफ खुलेरै गर्ने गरेका छन् ।

रोनाल्डिन्हो सन् २००३ मा पीएसजीबाट बार्सिलोना आएका हुन् । उनले पहिलो सिजन सन् २००३ देखि २००४ सम्म बार्सिलोनाबाट जम्मा ३२ खेल खेले जसमा १५ गोलको योगदान गरे ।

त्यस्तै, सन् २००३ देखि २००४ सम्म ३५ खेलमा ९ गोल, २००५ देखि २००६ सम्म २९ खेलमा १७ गोल, २००६ देखि २००७ सम्म ३२ खेलमा २१ गोल तथा २००७ देखि २००८ सम्म १७ खेलमा ८ गोल गरेका थिए ।

बार्सिलोनाका खेलाडी लियोनल मेसी उनको प्रिय खेलाडी हुन् भने मेसीको पनि उनी प्रिय खेलाडी हुन् ।

बार्सिलोनका प्रशिक्षक राइकार्डको अन्डरमा रहेर उनले खेल खेलेका हुन् । संकटमा परेको बार्सिलोनाको खेलस्तर उकास्न उनको विशेष योगदान रहेको छ ।

रियलको घरेलु मैदानमा असाधारण गोल गरेपछि उनको समर्थनमा रियलका फ्यानहरुले उठेर ताली बजाएका थिए । सन् २००५ मा बेनाबेउमा भएको खेलको एल क्लासिकोमा रोनाल्डोको प्रदर्शन हेर्नलायक थियो ।

त्यती मात्रै होइन संकटमा परेको बार्सिलोनालाई फर्ममा ल्याउन उनको योगदान विशेष रहेको छ । समर्थकहरुलाई भगवान् मान्ने बानीले उनलाई अझै माथिल्लो स्तरमा राखेर सम्मान गर्ने गरिन्छ ।

रोनाल्डिन्होले सन् २००५ मा बालोन डी’ओर अवार्ड पनि जितेका थिए । सो समयमा उनलेचेल्सीका फ्राङ्क लाम्पार्ड तथा लिभपुलका स्टेभिन जेरार्डलाई पछि पारेर अवार्ड जितेका थिए ।

क्लबले पनि उनलाई ठूलो सम्मान गर्ने गरेको पाइन्छ । सोही अनुरुप उनलाई वर्ष २०१७ को लागि क्लबका सद्भावनादूत बनाएको थियो ।

उनले बार्सिलोनाबाट ५ वर्षसम्म व्यवसायीक फुटबल खेले । त्यसपछि उनी सन् २००८ मा मिलानतर्फ लागेका हुन् । उनले बार्सिलोनाबाट उनले १४५ खेल खेले र ७० गोलको योगदान पनि गरे ।

स्पेनका प्रशिक्षक लोपेतेउई भन्छन्ः इनियष्टा विश्वकपको लागि मुख्य खेलाडी हुन्

आर्काइभबाट

सँधै हाँसिरहने क्याम्प नाउका जादुगर रोनाल्डिन्होले लिए सन्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here