बार्सिलोनाका पूर्व खेलाडी रोमारियो ब्राजिलमा चुनाव लड्दै

    बार्सा नेपाल । ब्राजिल तथा बार्सिलोनका पूर्व स्टार खेलाडी रोमारियो रोमारियो रियो दि जेनेरियो शहरको गभर्नरका लागि चुनाव लड्ने भएका छन् ।

    ब्राजिलियन तटीय शहर रियो दि जेनेरियो पछिल्लो समय हिंसा, लागू औषध दुव्र्यसनी र सामाजिक अपराधसँग जुधिरहेको छ । सन् २०१६ को ओलम्पिक खेलकुद आयोजनापछि आर्थिक रुपले समेत टाट पल्टिएको शहर अहिले बैंक लिलामीको अवस्थामा पुगिसकेको छ । शहरलाई यिनै समस्याबाट मुक्त गराउन आफूले गभर्नर पदमा उम्मेदवारी दिएको रोमारियोले बताएका छन् ।

    ब्राजिललाई सन् १९९४ को विश्वकप फुटबलको उपाधि जिताउन सफल फुटबल खेलाडी रोमारियो डि सुजा हाल ब्राजिलको मध्यमार्गी पार्टी पोडेमोसबाट सिनेटर छन् ।

    ५२ वर्षीय रोमारियो सन् १९९३ मा पीएसभीबाट बार्सिलोना आएका हुन् । उनले बार्सिलोनामा २ सिजन बिताएका थिए । उनले क्लबबाट ४६ खेल खेल्दा ३४ गोलको योगदान पनि गरेका थिए । सन् २००९ बाट फुटबलबाट सन्यास लिएका रोमारियोले १५ भन्दा बढी क्लबबाट व्यवसायीक फुटबल खेले ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here