मेसीको आधिकारिक फेसबुक पेजद्वारा नेपालका सनिल चित्रकार ‘मेसी आर्ट’मा विजयी भएको घोषणा

बार्सा नेपाल । नेपालका सनिल चित्रकारले अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीको आर्ट प्रतिस्पर्धामा पहिलो स्थान हासिल गरेका छन् । मेसीको आधिकारीक वेभसाइटले आयोजना गरेको ‘मेसी आर्ट’ प्रतिस्पर्धामा हाल जापानमा बस्दै आएका उनी विजयी भएको घोषणा मेसीको आधिकारीक फेसबुकबाट पनि भएको छ ।

चित्रकार सनिल

मंगलबार राति लियो मेसी पेजले उनी विजयी भएको घोषणा गरेको छ । मेसी डटकममा समर्थकहरुले नै गरेको भोटको आधारमा सनिल विजयी भएका हुन् । सनिलले जम्मा २५ हजार भोट प्राप्त गरेका थिए ।

बार्सिलोना फ्यान रहेका सनिलले फुटबलका चर्चित खेलाडीहरुको साथमा चर्चित सेलिब्रेटीहरुको पनि चित्र कोरेका छन् ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here