यसकारण मेसी नेपाल आउन सक्ने

बार्सा नेपाल । स्पेनिस लिग ला लिगा अन्तर्गतको बिल्बाओसँगको खेलपछि अन्तराष्ट्रिय खेलको लागि बार्सिलोनाका १६ जना खेलाडीहरु बिदा भएका छन् । सोही खेलसँगै लियोनल मेसी पनि आफ्नो देश अर्जेन्टिनातर्फ प्रस्थान गर्नुअघि मेसी फाउन्डेसनको बारेमा स्पेनिस संचारमाध्यमहरुसँग कुरा गरे ।

संचारकर्मीहरुले मेसीलाई के तपाईको नेपाल जाने चाहना छ ? भनेर प्रश्न सोधेका होइन् । मेसी फाउन्डेसनको बारेमा कुरा गर्द उनले नेपाल आउने कुरा उठाएका हुन् । मेसी फाउन्डेसनले नेपालका ८ जिल्लामा १४ वटा स्वास्थ्य संस्था बनाएको छ । आफ्नो संस्थाले गरेको कार्यप्रगतिबारे जानकारी लिनको लागि उनले नेपाल आउने मनशाय प्रकट गरेका हुन् ।

केही समय पहिलाकाे मेसीकाे पाेष्ट

यसको लागि यूनिसेफले पनि प्रयास जारी राखेको छ । यूनिसेफ र फुटबल क्लब बार्सिलोनाबीच सम्झौता छ जसअनुसार क्लबले यूनिसेफलाई वार्षिक २ मिलियन यूरोभन्दा बढीको आर्थिक सहयोग गर्दै आइरहेको छ । सन् २००६ देखि शुरु भएको कार्यएकता सन् २०२० सम्म जारी रहनेछ । बार्सासँगको ‘टाइअप’को कारणले यूनिसेफले मेसीलाई नेपाल ल्याउनको लागि बार्सिलोनासँग पनि अनुमति लिनुपर्ने हुन्छ । एशियामा बार्सिलोनाका समर्थकहरुले प्रसस्तै रहेको कारणले गर्दा मेसीलाई क्लबले नेपाल पठाउने सम्भावना पनि बलियो छ ।

मेसी स्वयंले पनि आफु नेपाल आउने सम्भावना प्रकट गरिरहँदा यो कुरा सम्भव देखिएको छ ।

केही वर्षअघि नेपालमा आएको विनाशकारी भुकम्प पीडितलाई सहयोग गर्न मेसी फाउण्डेसनले युनिसेफको मातहतमा रहेर अन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा स्वास्थ्य चौकी निमार्ण गरेको छ । ती स्वास्थ्य चौकीहरू आउँदो अगष्टको अन्त्यमा सम्पन्न हुने बताईएको छ । उक्त स्वास्थ्य चौकी उद्घाटनका लागि युनिसेफले मेसीलाई निम्तो दिएको युनिसेफ नेपालकी सञ्चार प्रमुख रुपा जोशीले समेत पुष्टी गरेकी छिन् ।

फाउन्डेशनले स्वास्थ्य चौकी निर्माणका लागि करिब ५ करोड १० लाख रुपैयाँ युनिसेफलाई प्रदान गरेको थियो ।
युनिसेफले शुरु गरेको ७४ स्वास्थ्य चौकी निमार्ण कार्यमा मेसी फाउन्डेशनको भागमा १४ वटा परेको छ ।

मेसी फाउन्डेशनले नेपालमा निमार्ण गरिरहेको स्वास्थ्य चौकीको विवरण

  • दोलखा– ४ वटा– दोलखा, सुनखानी, लडुक, पावती
  • गोरखा – २ वटा– र्डाबुङ, मजुवादेउराली
  • धादिङ– २ वटा– सल्यानटार, नालाङ
  • काभ्रे– २ वटा– देवभूमी, गौरी बिसाउने (देवपुर)
  • ललितपुर– १ वटा– दालचौकी
  • रामेछाप– १ वटा– उक्रेनी
  • सोलुखुम्बु– १ वटा– थाप्लुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here