बार्साका १६ जना खेलाडी अन्तराष्ट्रिय खेलको तयारीमा जुटे, कुन देशको खेल कहिले ?

बार्सा नेपाल । रसिया विश्वकप २०१८ को तयारीको लागि बार्सिलोनाबाट १६ जना खेलाडीहरु अन्तराष्ट्रिय खेलको लागि आ–आफ्नो देश गएका छन् । अन्तराष्ट्रिय खेलको समयमा कुनै पनि देशका मुख्य लिगहरु संचालन हुँदैनन् ।

बार्सिलोनका खेलाडीहरुमध्ये सबैभन्दा बढी स्पेन तथा फ्रान्सका खेलाडीहरुलाई अन्तराष्ट्रिय टोलीमा समाबेश हुन बोलाएको थियो । स्पेनाबाट आन्द्रेज इनियष्टा, जोर्डी अल्बा तथा जेरार्ड पिके । जमनीबाट मार्क आन्द्रे टेर स्टेगन, अर्जेन्टिनाबाट लियोनल मेसी, ब्राजिलबाट पाउलिन्हो र कोउटिन्हो, हल्याण्डबाट ज्यास्पर सिलेसन, पोर्चुगलबाट आन्द्रे गोमेज, कोलम्बियाबाट यारी मिना, थोमास भर्माइलिनलाई बेल्जियमबाट, फ्रान्सबाट डेम्बेले, लुकास डिने तथा स्यामुअल युम्टीटीलाई आ आफ्नो देशले बोलाएको हो । त्यस्तै, क्रोयसियाका इभान राकेटिच र युरुक्ष्वेका लुईस स्वारेजले पनि अन्तराष्ट्रिय खेलको लागि लामो दूरीको यात्रा तय गर्ने भएका छन् ।

अन्तराष्ट्रिय खेल तालिका

अन्तराष्ट्रिय खेलपछि बार्सिलोनको खेल सेभियासँग रहेको छ । बार्सिलोनाले अप्रिल १ मा नै सेभियाको घरेलु मैदानमा ला लिगा अन्तर्गतको खेल खेल्दैछ ।

यसकारण मेसी नेपाल आउन सक्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here