बिल्बाओलाई पराजित गर्दा कुन खेलाडीले कस्तो खेले (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । बार्सिलोनाले बिल्बाओलाई घरेलु मैदानमा पराजित गरेसँगै ला लिगमा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा ११ अंकको अग्रता कायम राखेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले पाको अल्कासर र लियोनल मेसीको गोलमा बिल्बाओलाई पराजित गरेको हो । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले भने भिलारियलसँग २–१ गोलको पराजय व्यहोरेपछि बार्सिलोनाको अंक अग्रता बढेको हो ।

बिल्बाओसँगको खेलमा खेलाडीले गरेको प्रदर्शनको आधारमा यहाँ हामीले रेटिङ्ग तयार पारेका छौं । रेटिङ्गको पूर्ण अंक १० रहेको छ ।

टेरस्टेगन ६

पहिलो हाफमा बार्सिलोनाले बिल्बाओलाई पुरै दवावमा राख्यो । पहिलो हाफको अन्त्यतिर पाहुना टिमले पाएको कर्नर बललाई उनले क्लियर गरिदिए । दोस्रो हाफमा उनी केही व्यस्त बने । ९१ औं मिनेटमा उनले गोल हुने बलको बचाउ गरे ।

सर्जी रोबर्टो ७

रोबर्टो पहिलो हाफमा अग्रभागतिर नै ब्यस्त रहे । खेलको ४५ औं मिनेटमा विपक्षीको बल क्लियर गरेका थिए । खेलको ६२ औं मिनेटमा बिल्बाओका ३ जना खेलाडी बार्साको डिबक्समा हुन्दा पनि हेडिङ मार्फत बललाई क्लियर गरे ।

युम्टीटी ६.५

गोलकिपर टेर स्टेगनलाई खेलमा आराम दिनमा डिफेन्डर युम्टीटीको हात रहेको छ । त्यस्तै ५३ औं मिनेटमा विपक्षीले गरेको आक्रमणको बचाउ युम्टीटीले गरेका थिए ।

जेरार्ड पिके ७

२३ औं मिनेटा विक्षीको आक्रमणलाई हेडिङमार्फत क्लियर गरे । पिकेले ४८ औं मिनेटमा पनि विक्षीको आक्रमणको बचाउ गरेका थिए । उनले ७१ औं मिनेटमा डिबक्सभित्रबाट गरेको प्रहारको पनि बचाउ गरेका थिए ।

जार्डी अल्बा ८

खेलको ८ औं मिनेटमा नो म्यान्स ल्यान्डमा रहेका पाको अल्कासरलाई गोलको लागि पास अल्बाले मिलाईदिएका हुन् । अल्बाले यो सिजनमात्रै लिगमा ८ वटा गोलको लागि एसिस्ट प्रदान गरिसकेका छन् । अल्बाले ५५ औं मिनेटमा बिल्बाओले गरेको काउन्टर मुभलाई पनि बिफल बनाइदिएका थिए ।

इभान राकेटिच ८

राकेटिचले इनियष्टाको भूमिका निभाउने प्रयास गरेका थिए । विपक्षीको बल रोक्नमा उनी बढी ब्यस्त पनि रहेका थिए ।

पाउलिन्हो ७

उनले खेलको ३५ औं मिनेटमा कोउटिन्होलाई गोल गर्ने बल उपलब्ध गराइदिए । पाउलिन्होले खेलको ४४ औं मिनेटमा डेम्बेलेको पासमा गोल गर्ने प्रयास गरे तर उक्त बल पोललमा लाग्न पुग्यो ।

कोउटिन्हो ८

कोउटिन्होले पहिलो हाफमा मात्रै होइन ५८ औं मिनेटमा पनि गोल गर्ने प्रयास गरे तर, सफल भएनन् । तर विपक्षीलाई उनले पूर्ण दवावमा राखे ।

मेसी ८

मेसीले खेलको शुरुदेखि नै गोलको लागी प्रयास गरे पनि ३० औं मिनेटमा मात्रै सफल भए । उनले डेम्बेलेको पासमा गोल गरेका हुन् । खेलको ४२ औं मिनेटमा पनि मेसीले अल्बाको पासमा गोलको लागि प्रयास गरे तर, अल्कासरले उक्त बल रोकिदिए ।

डेम्बेले ७

डेम्बेलेले खेलको ३० औं मिनेटमा मेसीलाई उत्कृष्ट पास मिलाईदिए । पहिलो हाफमा मात्रै डेम्बेलेले ५ वटा गोल गर्ने बल मिलाइदिए । उनको खेल दोस्रो हाफमा भने केही फितलो देखियो । उनलाई खेलको ६४ औं मिनेटमा मैदान बाहिर निकाल्ने निर्णय भालभर्डेले गरे ।

पाको अल्कासर ७

खेलको ८ औं मिनेटमा नै टोलीलाई अग्रता दिए । यसले टोलीको मनोवल उच्च गरेको थियो । तर, उनलाई खेलको ७४ औं मिनेटमा निकालियो ।

बैकल्पिक खेलाडीहरु

आन्द्रेज इनियष्टा ७

खेलको ६४ औं मिनेटमा डेम्बेलेको ठाउँमा इनियष्टा मैदान प्रवेश गरेका हुन् । उनी मैदानमा आएको केही बेरमै कोउटिन्होसँग तालमेल मिलाएर गोलको लागि प्रयास गरेका थिए ।

एलेक्सिस भिडाल ६

भिडाल खेलको ७४ औं मिनेलमा अल्कासरको ठाउँमा मैदान प्रवेश गरेका हुन् । भिडाल अडुरिजलाई मार्क गर्नको लागि ब्यस्त भएका थिए ।

बार्सिलोना घरेलु लिगको ३६ खेलमा अपराजित, सोसिडाडाको रेकर्डभन्दा मात्र २ खेल टाढा

अल्कासर र मेसीको गोलमा बार्सिलोनाले बिल्बाओलाई हरायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here