पेड्रोले चेल्सीलाई एफए कपको सेमिफाइनलमा पुर्‍याए, ड्यानीको गोलमा पीएसजी विजयी

Former player watch

बार्सा नेपाल । आइतबार रातिका दुई खेलमा बार्साका दुई पूर्व खेलाडीले फरक–फरक क्लबको लागि निर्णयक गोल गरेका छन् ।

आइतबार राति सम्पन्न एफए कपको क्वार्टरफाइनलमा चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दा बार्साका पूर्व खेलाडी पेड्रो रोड्रिग्वेजको योगदान महत्वपूर्ण रह्यो । नियमित समयमा खेलले निर्णय लिन नसकेपछि उनी ९२ औं स्थानमा विलियानको स्थानमा मैदान प्रवेश गरेर अतिरिक्त समयमा गोल गरेर चेल्सीलाई एफए कपको सेमिफाइनलमा पुर्याए ।

खेलको नियमित समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ४२ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेका थिए । तर, ७६ औं मिनेटमा जेमी भार्डीले गोल गरेर खेल बराबरीमा ल्याए । नियमित समयमा खेलको निर्णय हुन नसकेपछि खेल अतिरिक्त समय थपिएको थियो खेलको इन्जुरी समयमा विलियानको स्थानमा मैदान प्रवेश गरेका पेड्रेले कान्टेको पासमा गोल गर्दैै चेल्सीलाई एफए कपको सेमिफाइनलमा पुर्याएका हुन् । उनी चेल्सीका सुपर सब हुन् । पेड्र सन् २०१५ मा बार्सिलोनाबाट चेल्सी क्लबमा स्थानान्तरण भएका हुन् ।

त्यस्तै, आइतबार राति नै सम्पन्न लिग वान् अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र निस क्लबबीचको खेलमा ड्यानी आलभेजले महत्वपूर्ण गोल गरेका छन् । खेलको ८२ औं मिनेटमा उनले पीएसजीको लागि गोल गर्दै टोलीको जित निश्चित गरका हुन् ।

खेलमा घरेलु टोली निसले अग्रता लिएको थियो । १७ औं मिनेटमा सेन्ट म्याक्सिमिनले गोल गरे । तर, २१ औं मिनेटमा एंगेल डी मासियाले गोल गरेर खेल बराबरीमा ल्याए । खेलको ८२ औं मिनेटमा राबियोटको पासमा ड्यानी आल्भेजले गोल गरेर जित निश्चित गरेका हुन् । पीएसजीबाट ड्यानीको पहिलो गोल हो । उनी सन् २०१६ मा बार्सिलोनाबाट युभेन्टस गएका हुन् भने त्यहाँबाट उनी पीएसजी लागेका थिए ।

बिल्बाओलाई पराजित गर्दा कुन खेलाडीले कस्तो खेले (प्लेयर्स रेटिङ्ग)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here