रोनाल्डोका मपाई, फुटबलका ‘गोट’ भने लियोनल मेसी

राकेश पाण्डे

बार्सा नेपाल । नेपालीमा एउटा भनाई छ नि ‘अरुले तपाई भनोस् या नभनोस् आफै मपाई ।’ मलाइ यो भनाई सुन्ने बित्तिकैमलाई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोको याद आउँछ । उनी साँच्चै राम्रा खेलाडी हुन् त्यसमा कुनै शंका नै छैन । तर, उनी आफूलेआफूलाई नै ‘म विश्वको उत्कृष्ट फुटबल खेलाडी हुँ । मेरो स्तरमा अन्य कुनै खेलाडी नै छैनन् भन्दै गर्दा मलाई एकपटक हाँसो उठ्छ अनी यसो सोच्छु अनि भन्छु ‘भन्न दे न त, उनलाई सीमित देश तथा क्लबका खेलाडी तथा प्रशिक्षकले मात्रै त राम्रो भनेर उफारिदिएका छन् । जस्तो उनी जन्मेका देश पोर्चुगल, उनको पूर्व क्लबहरु म्यान्चेस्टर युनाइटेडका सीमित खेलाडी तथा प्रशिक्षक र रियल मड्रिडका भने सबै खेलाडी प्रशिक्षक तर सबै होइन अधिकांश रियल समर्थकले मात्रै त उनलाई राम्रा खेलाडी मान्छन् । कतिले त रोनाल्डो सेल्फिस प्लेर्यर भनेको त हामीले सुन्दै आएका छौं नी ।’

खासमा म रोनाल्डिन्होको पालादेखि बार्सिलोनाको समर्थक हुँ । सोही समयदेखि नै मैले रियल मड्रिडको खेल बार्साको जत्तिकै हेर्दै आइरहेको छु । म रियलको सिजन राम्रो भएको बेला राम्रो भन्ने खराब भएको बेला खराब नै छ भन्ने बार्साको समर्थक हुँ । रियललाई गाली गर्दा म उनीहरुको खेलको स्तर हेरेर नै गाली गर्छु । म युट्युब तथा सामाजिक सञ्जालमा पाइने छोटो भिडियो हेरेर उनीहरुलाई जज गर्दिन । बरु मैले यस्ता रियल तथा रोनाल्डो समर्थक देखेको छु जो राति उठेर खेल हेर्दैनन् । बिहान स्कोरलाईन हेरेकै भरमा रोनाल्डोले गोल गरेकै भरमा सामाजिक संजालमा चिच्याउने गर्दछन् । (यो सवाल केही बार्सिलोना तथा मेसी फ्यानहरुमा पनि लागू हुन्छ ।)

मलाई त्यस्ता समर्थकहरुले गरेको कुरामा कुनै ‘तुक’ छ जस्तो लाग्दैन । उनीहरुले गरेको कुरामा बहस गर्नुपर्छ भन्नेजस्तो पनि लाग्दैन । फुटबललाई समग्रमा विश्लेषण गर्न ९० मिनेट तथा थपिएको समय निकै महत्वपूर्ण हुन्छ । साथै थोरै भए पनि प्राविधिक पक्षको विश्लेषण गर्न सक्नुपर्छ जस्तो मलाई लाग्छ ।

मलाई विशेष गरेर उठाउन मन लागेको कुरा चाँही के भने रोनाल्डोले आफूले आफूलाई म विश्वको उत्कृष्ट फुटबल खेलाडी भन्दै गर्दा स्कोर लाईन हेरेरै हो… देखिस् रोनाल्डो आफैले त भनिसक्यो म विश्वको उत्कृष्ट खेलाडी भनेर तै भर उनै हुन् विश्वको उत्कृष्ट खेलाडी भन्नेहरुप्रति दया जागेर आउँछ ।

तपाईले कहिल्यै सुन्नुभएको छ विश्वका सफल व्याक्तिहरु (क्रिस्टियानो रोनाल्डो बाहेक) जो आफूले आफ्नै मात्र तारिफ गर्छन् ?

मेरो कुरा गर्ने हो भने उमेरले ३ दशक पुरा हुँदा यस्ता व्यक्तिहरुको बारेमा पढ्न, सुन्न तथा तथा हेर्न पाएको छैन । किनकी सफल व्यक्तिहरु जहिल्यै चुप बस्छन्ः अरुको आलोचना सुन्छन्, कमी कमजोरी सच्याउँछन्, अरुले तिमी उत्कृष्ट भन्दा अझै धेरै गर्नुछ भन्छन् । जसले सफलताको श्रेय अरुलाई दिन्छन् र भन्छन् ‘तिमीहरुले गर्दा आज म यो स्थानमा छु, अझै धेरै गर्नुछ ।’ उमेरले रोनाल्डोभन्दा कान्छा भए पनि यी सबै गुण मेसीमा मैले पाएको छु । त्यसैले त मैले मात्रै होइन फुटबल बुझ्ने अधिकांश सबैले मेसीलाई ग्रेटेस्ट अफ अल टाइम (गोट) भन्छन् । यो सबै कुरा थाहा पाउनको लागि सामाजिक संजालमा पाइने पोस्ट हेरेर हुँदैन । फुटबल बुझ्नेहरुको कुरा पनि कहिलेकाँही सुन्नुपर्छ । धन्यवाद मेसी ।

फुटबल पण्डित तथा जानकार भन्छन् मेसी विश्वकै उत्कृट फुटबलर, रोनाल्डो गोल स्कोरर मात्रै

लेखक पाण्डे पेशाले बैंकर हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here