पीएसजीको ‘गोल्डेन प्रिजन’मा नेयमारको ५ महिना ५ वर्षजस्तो

बार्सा नेपाल । जारी सिजनको समर ट्रान्सफर विन्डोमा बार्सिलोना छोडेर फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका ब्राजिलियन नेयमारबारे पछिल्लो समय नयाँ समाचार प्रकाशित भएको छ । ब्लेचरर्सरिपोर्टको अनुसार नेयमारले पीएसजीमा ५ महिना मात्रै बिताउँदा ५ वर्ष जस्तो लागेको समाचार प्रकाशित भएको हो ।

पीएसजीलाई यूरोपेली च्याम्पियन बनाउन गएका नेयमारको क्लब अन्तिम १६ बाटै बाहिरिएपछि त झनै उनी तनावमा परेको समाचारमा बताइएको छ । नेयमार पछिल्लो केही हप्तायता चोटका कारण मैदान बाहिर रहेका छन् । उनी हाल ब्राजिलमै आरम गरेर बसेका छन् ।

कतिपय समाचारहरुमा नेयमार पीएसजीको ‘सुनको पिँजडा’मा परेको कुरा पनि उल्लेख गरेको छ । पैसा तथा पीएसजीमा स्टार बन्न गएका नेयमारलाई पीएजीमा सहज नभएको कुरा उनले आफैले पनि अप्रत्यक्ष रुपमा बताउँदै आएका छन् । पछिल्लो समय उनले आफू बार्सिलोना फर्कन चाहेको कुरा समते व्यक्त गरिरहेको अवस्थामा उनी त्यही बस्नुपर्ने बाध्यता समेत भएको समाचार प्रकाशित भइरहेका छन् ।

पीएसजीका प्रशिक्षकले मात्रै होइन सीइओले समेत नेयमार कतै नजाने बताएका छन् । यद्यपी यदी जानै चाहेको खण्डमा ४ सय मिलियन यूरो तिर्नुपर्ने सम्मको सर्तको कुरा भइरहेको छ ।

निकै प्रतिभावान् खेलाडी नेयमार लिग वान् तथा डोमेस्टिक क्लबमै मात्र सीमित हुँदा उनको आलोचना समेत तिब्र रुपले भएको छ ।

मेरो छोराको भविष्य पीएसजीमै छः नेयमार सिनियर

नेयमारलाई बेच्न पीएसजी लचक, फ्रान्समा नेयमार सिनियर र रियलका एजेन्टबीच भेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here