MATCH DAY: ६ सिजन बिल्बाओ सम्हालेका भालभर्डे बार्साको टिम उर्तादै (प्रिभ्यू)

बार्सा नेपाल । च्याम्पियन्स लिगमा चेल्सीलाई समग्रमा ४–१ गोलले परास्त गरेर क्वार्टरफाइनलमा स्थान बनाएको बार्सिलोनाले आज ला लिगाको २९ औं खेल खेल्दैछ । घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग खेल खेल्न लागेको हो । खेल बेलुकी ९ बजे (नेपाली समय अनुसार) हुनेछ ।

दुबै टिम सम्हालेका प्रशिक्षक भालभर्डे

बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले बिल्बाओको जिम्मेवारी दुई पटक सम्हालीसकेका छन् । उनी सन् २००३ देखि २००५ सम्म र २०१३ देखि २०१७ सम्म उक्त टिमको प्रशिक्षक भइसकेका छन् । यस अर्थमा पनि उक्त खेल विशेष हुनेछ ।

पछिल्लो भिडन्तः

यद्यपी उनी बार्सिलोनाको प्रशिक्षक भएपछि बिल्बाओलाई हराएका छन् । ला लिगाको पहिलो चरणको खेलमा बिल्बाओकै मैदानमा बर्सिलोना २–० गोलले विजयी भएको थियो । उक्त खेलमा लियोनल मेसीले ३६ औं मिनेटमा तथा इन्जुरी समयमा पाउलिन्होले एक–एक गोल गरेका थिए ।

मुख्य खेलाडी

चेल्सीसँगको खेलमा सुन्दर खेल पस्केका ओस्माने डेम्बेलेले आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् । मेसी र स्वारेजसँग उनको ‘ट्युनिङ’ मिल्ने पक्का भइसकेको छ ।स्वारेजले बिल्बाओसँगको खेल गुमाउने भएपछि मेसीसँग डेम्बेले अग्रपंतिमा रहने सम्भावना रहेको छ ।

बिल्बाओसँगको खेलको लागि बार्साका ५ खेलाडी १८ जनाको सूचीमा परेनन्

उता बिल्बाओको मुख्य हतियार भने राहुल गार्सिया रहेका छन् । ११ मार्चमा लेगानेस बिरुद्ध २–० कोे जित निकाल्दा उनले दुबै गोल गरेका थिए । अट्याकिङ मिडफिल्डर गार्सिलाई बार्सिलोनासँगको खेलमा पनि मुख्य खेलाडी बनाइने सम्भावना रहेको छ ।

खेलाडी सूची

बार्सिलोना

बिल्बाओ

प्रशिक्षकको भनाई

बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डे खेलमा सकारात्मक नतिजा निस्कनेमा ढुक्क रहेका छन् । यद्यपी बिल्बाओ बलियो टिम रहेकोले आफूहरुलाई सहज नहुने उनको भनाई रहेको छ । बिल्बाओसँगको खेलपछि अन्तराष्ट्रिय खेल र अप्रिल महिनामा अत्यान्डै कडा खेल रहेको कारणले बार्सिलोनाको लागि बिल्बाओसँगको खेल महत्वपूर्ण हुने उनको भनाई छ ।
बिल्बाओका प्रशिक्षक जोसे एंगल जिगान्डाले पनि बार्सिलोना कठिन टिम भएपनि आफूहरु क्याम्प नाउमा जितको लागि जाने उनको भनाई छ ।

लिगमा बर्तमान अवस्था

लिगमा २८ खेल सकिँदा बार्सिलोनाले कुनै पनि खेल हारेको छैन । जम्मा २२ खेलमा जित तथा मात्र ६ खेलमा बराबरी गरेर बार्सिलोना लिगको शिर्षस्थानमा रहेको छ । बार्सा दोस्रो स्थानको एथ्लेटिको मड्रिभन्दा ८ अंकले माथि रहेको छ ।

बिल्बाओ डिफेन्सिभ खेलमा अगाडि रहेको छ । लिगमा २८ खेल हुँदा उसले जम्मा ३१ गोल मात्रै खाएको छ । तर, अन्तिम ५ खेलमा बिल्बाओले मात्र ७ अंक जोड्न सकेको छ । तर, लिगमा भने १२ औं स्थानमा रहेको छ । बिल्बाओले ला लिगामा जम्मा ८ खेलमा जित दर्ता गरेको छ । त्यस्तै ११ खेलमा बराबरी र ९ खेलमा हार व्यहोरेर जम्मा ३५ अंक मात्रै जोडेको छ ।

कसरी हेर्ने ?

नेपाली दर्शकहरुले उक्त खेल सोनी टेन टु च्यानबाट प्रत्यक्ष रुपमा हेर्न सक्नेछन् । साथै सोनीलिभ डटकम तथा सोनी लिभ मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।

बार्सा भन्छः खेलमा टोटी हुँदैनन्, रोमाको प्रतिक्रिया हामीलाई थाहा छ मेसीले उक्त खेल खेल्नेछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here