लोर्सासँग बार्सा बीको बराबरी, एलेना बिल्बाओसँगको खेलको लागि सिनियर टिममा

बार्सा नेपाल । स्पेनिस दोस्रो डिभिजन लिग सेगुन्डा डिभिजनमा गत हप्ता नुमाीनसयासँग २–२ गोलको बराबरी खेलेको बार्सा बीले शनिबार राति सम्पन्न खेलमा लोर्सा फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।

लोर्साको घरेलु मैदानमा सम्पन्न खेलमा अग्रता घरेलु टिमले नै लिएको थियो । खेलको २८ औं मिनेटमा घरेलु टिमका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा ड्यानियल ओजेडाले गोल गरेका हुन् ।

पहिलो हाफमा पछि परेको बार्सा बीले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गर्यो । खेलको ७६ औं मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

मुख्य खेलाडी कार्लेस एलेनालाई सिनियर टिमका प्रशिक्षक अर्नेष्टो भालभर्डेले बिल्बाओसँगको खेलको लागि १८ जनाको खेलाडी सूचीमा राखेको कारण उनले बार्सा बीको खेल खेल्न पाएनन् ।

बार्सा बी सेगुन्डा डिभिजनमा लिगको १५ औं स्थानमा छ । लिगको कूल ३१ खेल सकिँदा बार्सा बीले ३७ अंक जोडेको छ ।

बार्सा बीका कार्लेस एलेना समरमा सिनियर टिममा आउने, को हुन् उनी ?

MATCH DAY: ६ सिजन बिल्बाओ सम्हालेका भालभर्डे बार्साको टिम उर्तादै (प्रिभ्यू)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here