बार्सिलोना घरेलु लिगको ३६ खेलमा अपराजित, सोसिडाडाको रेकर्डभन्दा मात्र २ खेल टाढा

बार्सा नेपाल । बार्सिलोनाले बिल्बाओलाई घरेलु मैदानमा पराजित गरेसँगै ला लिगामा ३६ खेलसम्म अपराजित रहेको छ ।

यसअघिको खेलमा बार्सिलोनाले मालागालाई २–० गोलले पराजित गरेको बार्साले केही बेरअघि सम्पन्न खेलमा बिल्बाओलाई पनि घरैमा पराजित गरेको हो । आजको जितसँगै बार्सिलोना रियल सोसिडाडको रेकर्ड तोड्नतर्फ लागिपरेको छ । रियल सोसिडाडले सन् १९७८–७९ देखि १९७९–८० मा ३८ खेलसम्म अपराजित भएको रेकर्ड राखेको थियो । सोही रेकर्ड तोड्नको लागि बार्सिलोना आतुर देखिएको छ ।

रियल सोसिडाडको नाममा रहेको रेकर्ड बराबरी गर्नको लागि बार्सिलोनाले अब सेभिया तथा लेगानेसलाई पराजित गर्न आवश्यक रहेको छ । त्यस्तै त्यस पछिको अर्को खेलमा भ्यालेन्सियालाई पराजित गरेमा रेकर्ड नै तोडिन्छ । सेभियासँगको खेल बाहेक अन्य तीन खेल घरेलु मैदान क्याम्प नाउमै हुनेछ ।

अल्कासर र मेसीको गोलमा बार्सिलोनाले बिल्बाओलाई हरायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here