अल्कासर र मेसीको गोलमा बार्सिलोनाले बिल्बाओलाई हरायो

बार्सा नेपाल । बार्सिलोनाले एथ्लेटिक क्लबलाई घरेलु मैदानमा २–० गोलले पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा बार्सिलोनाको लागि खेलको ८ औं मिनेटमा नै पाको अल्कासरले गोलको खाता खोलेका हुन् । उनले जोर्डी अल्बाको पासमा उनले गोल गरेका हुन् ।

त्यस्तै, खेलको ३० औं मिनेटमा डेम्बेलेको पासमा लियोनल मेसीले गोल गरेर अग्रता दोब्बर पारेका हुन् । यस गोलसँगै मेसीले लिगमा व्याक्तिगत गोलसंख्या २५ पुर्याएका छन् ।

जितसँगै ला लिगामा अपराजित बार्सिलोनाले २९ खेलबाट ७५ अंक जोडेको छ । बार्सिलोना लगातार लिगमा ३६ खेलमा अपराजित रहेको छ ।

पहिलो हाफमा बार्सिलोना बलियो देखे पनि दोस्रो हाफमा बिल्बाओले सुधारिएको खेल खेलेको थियो । पहिलो हाफमा बिल्बाओले गोलको लागि प्रयास नै गर्न सकेन तर दोस्रो हाफमा भने बार्साको डिफेन्डर तथा गोलकिपरलाई व्यस्त राखेको थियो ।

खेलमा बार्सिलोनाले खेलभरी जम्मा १८ वटा सट प्रहार गरेको थियो भने बिल्बाओले १० वटा प्रहार गरेको थियो । जसमध्ये बार्साको ९ वटा सट टार्गेटमा तथा ३ वटा बिल्बाओले छटार्गेटमा प्रहार गरेको थियो ।

त्यस्तै, बार्साले ५९ प्रशितबल बल पोसेसन कायम गर्दा बिल्बाओले ४९ प्रतिशत कायम गरेको थियो । बार्साले ५०७ वटा पास खेल्दा बिल्बाओले ३०७ वटा पास खेलेको थियो ।

बार्सिलोना घरेलु लिगको ३६ खेलमा अपराजित, सोसिडाडाको रेकर्डभन्दा मात्र २ खेल टाढा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here