NEXT MATCH: बिल्बाओसँगको खेलको लागि बार्सिलोनाको तयारी

बार्सा नेपाल । बार्सिलोनाले घरेलु लिगको २९ औं खेल एथ्लेटिक बिल्बाओसँग खेल्दैछ । आइतबार राति नेपाली समयअनुसार बेलुकी ९ बजे शुरु हुने खेल घरेलु मैदान क्याम्प नाउमा हुनेछ ।

लिगमा २८ खेल सकिँदा बार्सिलोना ७२ अंक जाडेर शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ६४ अंक रहेको छ । बार्सिलोनाले आगमी खेलको लागि पाएको प्रतिद्धन्द्धी एथ्लेटिक बिल्बाओले हालसम्म ३५ अंक मात्रै जोडेको छ ।

बिहीबार राति सम्पन्न यूरोपा लिगको अन्तिम १६ को खेलमा बिल्बाओ मार्सेसँग २–१ गोलले पराजित भएको थियो । समग्रमा बिल्बाओले मार्सेलाई ५–२ गोलले पराजित गरेपछि यूरोपा लिगबाट पनि बाहिरिएको छ ।

बिल्बाओको प्रदर्शन ला लिगामा पनि राम्रो छैन । २८ खेलमध्ये ८ खेलमा जित ११ खेलमा बराबरी तथा ९ खेलमा बिल्बाओले हार व्यहोरेको छ ।

यसअघि पहिलो चरणको खेलमा बार्सिलोनाले बिल्बाओलाई २–० गोलले हराएको थियो । उक्त खेलको ३६ औं मिनेटमा लियोनल मेसीले तथा इन्जुरी समयमा पाउलिन्होले गोल गरेका थिए ।

बार्सिलोना लगातार ला लिगाको ३५ खेलमा अपराजित रहँदै आएको छ । उ मात्रै रियल सोसिडाडको रेकर्डबाट मात्र ३ खेल टाढा रहेको छ ।

बार्सिलोनाले चेल्सीलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा समग्रमा ४–१ गोलले हराएर क्वार्टर फाइनलमा स्थान बनाएको छ । चेल्सीसँगको सफलतासँगै बार्सिलोना बिल्बाओसँगको खेलको तयारीमा लागिसकेको छ । उक्त तयारी खेलमा सर्जियो बुस्क्वेट भने छैनन् । उनी चोटको कारण करीब ३ हप्ता मैदान बाहिर रहन्छन् । साथै प्रशिक्षक अर्नेष्टो भालभर्डेले जेरार्ड पिके तथा जोर्डी अल्बाको अवस्थाबारे पनि बुझिरहेको समाचारहरुमा उल्लेख छ । बिहीबारको अभ्यास खेलमा बार्सा बी बाट ५ जना खेलाडी समेत सहभागी भएका थिए ।

यस सिजन च्याम्पियन्स लिगमा पनि अपराजित बार्सिलोनाको यात्रा यस्तो छ (विश्लेषण)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here