खेल खेल्न जाँदै गर्दा मरिन फुटबल क्लबको बसमा यसरी भयो आगलागी (फोटो र भिडियो सहित)

बार्सा नेपाल । खेल खेल्न जाँदै गर्दा इंग्लिस फुटबल क्लब मरिनको बसमा आगो लागेको छ । हेन्डसफोर्ड टाउनसँगको खेलको लागि खेलाडी, प्रशिक्षक तथा पदाधिकारी सहितको टोली रहेको बसमा बिच सडकमै आगलागी भएको हो ।

 

गुडिरहेको बसमा अकास्मात आगो लागेपछि यात्रा गरिरहेका सबैजना बाहिर निस्केका थिए । बीबीसी स्पोर्टसका अनुसार सबैजना सुरक्षित रहेका छन् । साथै उक्त टिमको बसमा आगो लागे पनि अर्को बस मगाएर खेल खेल्न गएका थिए । हेन्डसफोर्ड टाउनलाई १–० गोलले पराजित पनि गरिसकेको छ ।

घटना स्थानीय समयअनुसार दिउँसो साढे १ बजेतिर घटेको हो । घटना कसरी घट्यो भनेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मरिन फुटबल क्लब सन् १८९४ मा स्थापना भएको क्लब हो । यस क्लबले हाल इंग्ल्यान्डको नर्दन प्रिमियर लिग खेलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here