बिल्बाओसँगको खेलको लागि बार्साका ५ खेलाडी १८ जनाको सूचीमा परेनन्

बार्सा नेपाल । बिल्बाओसँगको खेलको लागि बार्सिलोनाले खेलाडी सूची सार्वजनिक गरेको छ । बिल्बाओसँगको खेल ५ जना मुख्य खेलाडीहरुले गुमाउने भएका छन् । १८ जनाको टोलीमा नेल्सन सेमेडो, सर्जियो बुस्क्वेट, डेनिस स्वारेज, लुइस स्वारेज तथा थोमास भमाईलिनको नाम समावेश गरिएको छैन । स्वारेज पँहेलो कार्डको निलम्बनमा परेका हुन् भने यी बाहेकका अन्य खेलाडीहरुले चोटको कारण खेल गुमाउने भएका हुन् । थोमाइ भर्माइलिनलाई देब्रे गोडमा चोट लागेको कारण उनले पनि खेल गुमाउने भएका हुन् ।

खेलाडी सूचीः

१८ जना खेलाडीको सूचीमा बार्सा बीका कार्लेस एलेना पनि अटाएका छन् । एलेनालाई समरमा बार्साको सिनियर टिममा ल्याउन लागिएको छ ।

बार्सिलोनाले आइतबार राति घरेलु मैदान क्याम्प नाउमा लिगको २९ औं खेल खेल्दैछ ।

उक्त खेलको लागि चेल्सीलाई च्याम्पियन्स लिगमा परास्त गरेको भोलीपल्टदेखि अभ्यास शुरु भएको थियो । भने अन्तिम अभ्यास खेल शनिबार बिहान (बार्सिलोनाको समय) टिटो भिलानोभा पिचमा भएको थियो । उक्त अभ्यास खेलमा बार्सा बी का अल्बर्टोले पनि भाग लिएका थिए ।

NEXT MATCH: बिल्बाओसँगको खेलको लागि बार्सिलोनाको तयारी

बार्सा भन्छः खेलमा टोटी हुँदैनन्, रोमाको प्रतिक्रिया हामीलाई थाहा छ मेसीले उक्त खेल खेल्नेछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here