च्याम्पियन्स लिगको ‘क्वार्टरफाइनल ड्र’ अाज (जान्नैपर्ने केही कुराहरु)

बार्सा नेपाल । जारी सिजनको च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान बनाउने ८ क्लबहरुको टुंगो लागेको छ । बुधबार राति सम्पन्न दुई खेलबाट बार्सिलोना र बार्यन म्युनिखले आ आफ्नो खेलमा क्रमशः चेल्सी र बेसिक्टासलाई पराजित गरेसँगै टिमहरुको टुंगो लागेको हो ।

क्वार्टर फाइनलमा स्पेनिस लिग ला लिगाका ३ टिम परेका छन् । ला लिगाबाट बार्सिलोना, रियल मड्रिड तथा सेभियाले स्थान पक्का गरेका हुन् । त्यस्तै, प्रिमियर लिगबाट दुई टिम म्यान्चेस्टर सिटी तथा लिभरपुल रहेका छन् । सिरिया एबाट दुई टिम युभेन्टस र रोमा तथा बुन्डेसलिगाबाट एक टिम बार्यन म्युनिख रहेका छन् ।

अाज  शुक्रबार बेलुकी ४ः४५ बजे (नेपाली समय अनुसार) यी टिमहरुबीचको क्वार्टरफाइनल ड्र हुनेछ । ड्र युइएफएको प्रधान कार्यालयमा हुनेछ । ड्रको प्रत्यक्ष प्रशारण युइएफए डटकमबाट हेर्न सकिन्छ । साथै युइएफएको सामाजिक सञ्जालहरुमा पनि हेर्न सकिन्छ ।

ड्रलाई युइएफए च्याम्पियन्स लिग फाइनलको एम्बेस्डर एन्ड्री सेभ्जेङकोले सञ्चालन गर्नेछन् । युक्रेनको राष्ट्रिय टिमका खेलाडी सेभ्जेङकोले चेल्सी, मिलान लगायतको क्लबबाट खेलिसकेका छन् ।

क्वार्टर फाइनल ड्रपछिको पहिलो लेग अप्रिलको ३ तथा ४ तारिखमा तथा दोस्रो लेग अप्रिल १० तथा अप्रिल ११ मा हुनेछ । खेलको पूर्ण तालिका ड्रपछि नै सार्वजनिक हुनेछ ।

क्वार्टर फाइनलबाट सेमिफाइनलमा प्रवेश गर्ने क्लबहरुको ड्र अप्रिल १३ मा हुनेछ खेल भने २४ तथा २५ अप्रिल र दोस्रो लेग १ र २ मे मा हुनेछ । त्यस्तै फाइनल खेल २६ मेमा हुनेछ ।

फुटबल पण्डित तथा जानकार भन्छन् मेसी विश्वकै उत्कृट फुटबलर, रोनाल्डो गोल स्कोरर मात्रै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here