च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाको प्रतिद्धन्दी रोमा

बार्सा नेपाल । बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इटालियन क्लब एस रोमाको सामना गर्ने भएको छ । केहीबेरअघि सम्पन्न ड्रमा बार्सिलोनाले इटालियन क्लब रोमा पाएको हो ।

अन्य खेलहरु

ड्रलाई युइएफए च्याम्पियन्स लिग फाइनलको एम्बेस्डर एन्ड्री सेभ्जेङकोले सञ्चालन गरे । युक्रेनको राष्ट्रिय टिमका खेलाडी सेभ्जेङकोले चेल्सी, मिलान लगायतको क्लबबाट खेलिसकेका छन् ।

क्वार्टर फाइनल ड्रपछिको पहिलो लेग अप्रिलको ३ तथा ४ तारिखमा तथा दोस्रो लेग अप्रिल १० तथा अप्रिल ११ मा हुनेछ ।

क्वार्टर फाइनलबाट सेमिफाइनलमा प्रवेश गर्ने क्लबहरुको ड्र अप्रिल १३ मा हुनेछ खेल भने २४ तथा २५ अप्रिल र दोस्रो लेग १ र २ मे मा हुनेछ । त्यस्तै फाइनल खेल २६ मेमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here