बार्सा बीका कार्लेस एलेना समरमा सिनियर टिममा आउने, को हुन् उनी ?

बार्सा नेपाल । स्पेनिस सेगुन्डा डिभिजनमा यस सिजन ‘बार्सिलोना बी’ले राम्रो प्रदर्शन गर्न सकेको छैन । यद्यपी त्यहाँका केही खेलाडीहरुको भविष्य भने निकै उज्वल रहेको छ । केही समग्र टिमको प्रदर्शन राम्रो नभए पनि त्यहाँका खेलाडीहरुको व्याक्तिगत प्रदर्शन हेर्ने हो भने अत्यान्तै राम्रो अवस्था रहेको छ ।

बार्सिलोनाको अर्को परिचय भनेको ला मासिया पनि हो सोही कारणले हरेक वर्ष बार्सा बी का केही खेलाडीहरुले सिनियर टिममा मौका पाउने गर्छ । यस वर्ष ४ जना खेलाडीहरु कार्लेस एलेना, सर्जि पालेन्सिया, जोसे आर्नाइज तथा मार्क कुकुरेलाको चर्चा छ । क्याटालान रेडियोका अनुसार कार्लेस एलेना समयरमा बार्साको सिनियर टिममा स्तरोन्नती हुने कुरा छ ।

कार्लेस एलेना

२० वर्षीय कार्लेस एलेना अट्याकिङ मिडफिल्डर हुन् । उनी बार्साको युवा टिमबाट आएका हुन् । उनी ७ वर्षको हुँदा बार्सिलोनामा आबद्ध भएका थिए । उनले पनि सन् २०१६ मा भएको कोपा डेल रे मा हरक्युल्ससँगको खेलमा बार्साको सिनियर टिमबाट खेल्ने मौका पाएका थिए । त्यो नै उनको सिनियर टिमको लागि डेब्यु खेल हो । त्यस्तै उनले सन् २०१७ मा सम्पन्न ला लिगा अन्तर्गत ग्रानाडासँगको खेल खेल्ने मौका पाएका थिए । उनी दोस्रो हाफमा इभान राकेटिचको बिकल्पमा खेलेका थिए । इनियष्टाको रुपमा हेरिएको उनलाई ‘नेक्स्ट इनियष्टा’को रुपमा हेरिएको छ ।

बार्सा बी बाट अर्को सिजन यी ४ खेलाडी सिनियर टिममा आउने सम्भावना

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here