यस सिजन च्याम्पियन्स लिगमा पनि अपराजित बार्सिलोनाको यात्रा यस्तो छ (विश्लेषण)

बार्सा नेपाल । यस सिजन बार्सिलोना घरेलु लिग ला लिगामा मात्रै होइन च्याम्पियन्स लिगमा पनि अपराजित रहेको छ ।

समूह चरणमा बार्सिलोना समूह विजेत भएर अन्तिम १६ मा प्रवेश गरेको थियो । त्यसपछि बार्सिलोनाको प्रतिद्धन्द्धी इंग्लिस क्लब चेल्सी परेको थियो । चेल्सीसँगको पहिलो लेगमा १–१ गोलको बराबरी तथा ३–० गोलको जित दर्ता गरेर बार्सिलोना लगातार ११ औं पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्रमा भने बार्सिलोनाले इटालियन क्लब रोम प्रतिद्धन्द्धी पाएको छ ।

समूह डी मा परेको बार्सिलोनाले समूहचरणमा युभेन्टस्, स्पोर्टिङ सीपी तथा ओलम्पियाकसको सामना गरेको थियो । यहाँ हामीले बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगमा गरेको यात्राको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

समूह चरण

बार्सिलोना भर्सेस युभेन्टस्

यस सिजनको पहिलो च्याम्पियन्स लिगमा बार्सिलोनाले युभेन्टसलाई ३–० गोलले पराजित गरेको थियो । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको लागि लियोनल मेसीले ४५ औं तथा ६९ औं मिनेटमा गोल गरेका थिए भने ५६ औं मिनेटमा इभान राकेटिचले गोल गरेका थिए ।

स्पोर्टिङ सीपी भर्सेस बार्सिलोना

लिस्बनमा भएको खेलमा बार्सिलोनाले १–० को जित दर्ता गरेको थियो । उक्त खेलको ४९ औं मिनेटमा घरेलु टिम स्पोर्टिङको लागि कोट्सले गोल गर्दा बार्सिलोना ३ अंक जोड्न सफल रहेको थियो ।

बार्सिलोना भर्सेस ओलम्पियाकस

च्याम्पियन्स लिगको तेस्रो खेलमा बार्सिलोना ३–१ गोलले विजयी भएको थियो । क्याम्प नाउमा सम्पन्न उक्त खेलमा बार्सिलोनाले एक गोल उपहार पायो खेलको १८ औं मिनेटमा ओलम्पियाकसको निकोलाउले गोल गरेको थियो । त्यस्तै, ६१ औं मिनेटमा मेसीले तथा ६४ औं मिनेटमा लुकास डिनेले गोल गरेका थिए भने खेलको इन्जुरी समयमा ओलम्पियाकसका लागि निकोलाउले नै गोल गरेका थिए ।

ओलम्पियाकस भर्सेस बार्सिलोना

ओलम्पियाकसको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले गोल रहित बराबरी खेलेर १ अंक जोडेको थियो ।

युभेन्टस भर्सेस बार्सिलोना

समूह चरणको पाँचौ खेल पनि बार्सिलोनाले गोलरहित बराबरीमै सकेको थियो । युभेन्टसको घरेलु मैदानमा भएको खेलबाट पनि बार्सिलोनाले १ अंक मात्रै हासिल गरेको थियो ।

 

बार्सिलोना भर्सेस् स्र्पोटिङ सीपी

बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा स्पोर्टिङ सीपीलाई घरेलु मैदानमा २–० गोलले पराजित गरेको थियो । उक्त खेलको ५९ औं मिनेटमा पाको अल्कासरले तथा खेलको इन्जुरी समयमा बार्साकै पूर्व खेलाडी माथिउले आत्मघाति गोल गरेका थिए ।

अन्तिम १६ को खेल

 

चेल्सी भर्सेस बार्सिलोना

स्टामफोर्ड ब्रिजमा भएको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना र चेल्सी १–१ गोलको बराबरी रोकिएका थिए । खेलमा चेल्सीको लागि विलियानले ६२ औं मिनेटमा गोल गरेका थिए भने ७६ औं मिनेटमा मेसीले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

बार्सिलोना भर्सेस चेल्सी

चेल्सीसँगको दोस्रो खेलमा बार्सिलोना ३–० गोलले विजयी भयो । उक्त खेलमा बार्सिलोनाको लागि मेसीले तेस्रो तथा ६३ औं मिनेटमा गोल गरेका थिए भने २० औं मिनेटमा डेम्बेलेले गोल गरेका थिए ।

अन्तिम १६ को खेलबाट बार्सिलोनाले समग्रमा ४–१ गोलको जित दर्ता गरेर क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनाले हालसम्म च्याम्पियन्स लिगमा १२ गोल गरिसकेको छ भने जम्मा २ गोल मात्रै खाएको छ । उक्त दुई गोल ओलम्पियाकसले तथा चेल्सीले हानेको हो ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाको प्रतिद्धन्दी रोमा

चेल्सीबिरुद्धको खेलमा देखिएका रोचक तथा मर्मस्पर्शी दृश्यहरु (छोटकरीमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here