चेल्सीबिरुद्धको खेलमा देखिएका रोचक तथा मर्मस्पर्शी दृश्यहरु (छोटकरीमा)

बार्सा नेपाल । बार्सिलोनाले चेल्सीलाई समग्रमा ४–१ गोलले पराजित गरेसँगै लगातार ११ सिजन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । केहीबेरअघि सम्पन्न खेलमा बार्सिलोनाका मेसी निकै प्रभावशाली देखिए । उनले खेलमा २ गोल तथा १ एसिस्ट गरे । यसअघिको पहिलो लेगमा पनि मेसीले गोल गरेका थिए ।

  • चेल्सीसँगको खेल हेर्नको लागि क्याम्प नाउमा ९७ हजार १८३ जना सहभागी भएका थिए ।
  • मेसीले तेस्रो मिनेटमै गोलको खाता खोलेपछि तेस्रो छोरालाई गोल समपिर्त गर्दै दर्शकहरुप्रति फर्किएर सम्मान व्यक्त गरेका थिए । साथै उनको व्याक्तिगत दोस्रो गोल समेत दर्शकहरुलाई सर्मपित गरेका थिए ।
  • लामो समयपछि बार्साबाट गोलको खाता खोलेका डेम्बेलेले उक्त गोल मेसीसँग सेलिब्रेट गरका थिए । मेसीले दिएको असाधारण पासमा उनले गोल गर्दै मेसीप्रति औला देखाउँदै मेसीको जिउमा उफ्रेर हर्ष बाँडेका थिए ।

  • खेलबाट राम्रो नतिजा निस्के पनि सर्जियो बुस्क्वेटको खुट्टामा चोट लाग्यो । उनको चोटको प्रकृति थाहा पाउन एक्सरे गर्नुपर्ने भएको छ । उनले एथ्लेटिकसँगको खेल गुमाउने भएका छन् । जोर्डी अल्बाले पनि खेलमा असहज महशुस गरेका थिए । युम्टीटी तथा इनियष्टाले पनि असहज महशुस गरेका छन् ।
  • चेल्सीबाट बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका बार्साका पूर्व खेलाडी पेड्रोप्रति बार्सा समर्थकले सम्मान प्रकट गरेका थिए ।
  • खेल अवधिभर बार्साका प्रशिक्षक अर्नेष्टो भालभर्डे शान्त देखिए र खेल पछि प्रतिक्रिया दिँदै भने ‘आजको खेल निकै कठिनमध्येको एक थियो ।’
  • खेल सकिएपछि चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे मैदामै प्रवेश गरेर मेसीप्रति सम्मान प्रकट गरेका थिए । समाचारहरुमा जनाइए अनुसार कोन्टेले ‘म तिम्रो अगाडि केही गर्न सक्दिन, तिमी साँच्चै महान् खेलाडी हौं भन्दै भविष्यको लागि शुभकामना समेत व्यक्त गरेका थिए’
  • चेल्सीबिरुद्ध २ गोल गरेसँगै मेसीले १२३ खेलमा च्याम्पियन्स लिगमा १ सय गोल पुरा गरेका छन् ।

चेल्सीसँगको खेलमा मेसी ‘म्यान अफ द म्याच’ अन्य खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, चेल्सीलाई समग्रमा ४–१ गोलले हरायो

मेसीको गोल छोरा सिरोप्रति सर्मपित, डेम्बेलेले पनि गोलको खाता खोले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here