चोटको कारण बुस्क्वेट्सले यी खेलहरु गुमाउने

बार्सा नेपाल । चेल्सीसँगको खेलमा घाइते भएका बार्सिलोनाका डिफेस्सिभ मिडफिल्डर सर्जीयो बुस्क्वेटको मेडिकल रिपोर्ट आएको छ । उनको खुट्टामा चोट देखिएको हो । प्राप्त मेडिकल रिपोर्ट अनुसार उनीले करिब ३ हप्ता आराम गर्नुपर्ने भएको छ ।

यसरी तीन हप्ता आराम गर्दा उनले बार्सिलोनाबाट दुई खेल बिल्बाओसँग घरेलु मैदानमा हुने खेल तथा सेभियासँग अवे मैदानमा गुमाउने सम्भावन छ भने । स्पेनले जर्मनी तथा अर्जेन्टिनासँग खेल्न लागेको खेल पनि गुमाउन सक्नेछन् ।

बिल्बाओसँग मार्च १८ मा खेल हुनेछ भने सेभियासँग अप्रिल १ मा हुनेछ । यसबीचम अन्तराष्ट्रिखेलहरु हुनेछन् ।

बुस्क्वेटले खेलको ६० औं मिनेटमा मैदान छोडेका थिए । उनको स्थानमा आन्द्रे गोमेज मैदान प्रवेश गरेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here