मेसीको गोल छोरा सिरोप्रति सर्मपित, डेम्बेलेले पनि गोलको खाता खोले

बार्सा नेपाल । जारी चेल्सीबिरुद्धको खेलमा लियोनल मेसीले खेलको तेस्रो मिनेटमा नै गोल गोल गरेका छन् । उनले लुइस स्वारेजको पासमा गोल गरेका हुन् ।

उनी तीन सन्तानका पीता हुन् । उनले जारी खेलमा गरेको गोल उनकातेस्रो छोरा सिरोप्रति समर्पित गरेका गरेका छन् । उनले हरेक सन्तान पाएपछिको खेलमा गोल गरेका छन् ।

त्यस्तै, मेसीको पासमा डेम्बेलेले बार्साबाट गोलको खाता खोलेका छन् । उनले खेलको २० औं मिनेटमा मेसीको पासमा गोल गरेका हुन् ।

पहिलो हाफमा सम्ममा बार्सिलोना २–० गोलले अघि रहेको छ भने समग्रमा ३–१ गोलले अघि रहेका छन् ।

चेल्सीबिरुद्धको खेलमा देखिएका रोचक तथा मर्मस्पर्शी दृश्यहरु (छोटकरीमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here