फुटबल पण्डित तथा जानकार भन्छन् मेसी विश्वकै उत्कृट फुटबलर, रोनाल्डो गोल स्कोरर मात्रै

बार्सा नेपाल । फुटबल समर्थकहरुबीच प्रायः एउटै कुरामा आरोप प्रत्यारोप भइरहन्छ, त्यो हो लियोनल मेसी उत्कृट खेलाडी कि क्रिस्टियोनो रोनाल्डो । फ्यानहरुबीच हुने ‘शितयुद्ध’ चलेको पनि करिब १ दशक हुन लागिसकेको छ ।

प्रायः धेरै फुटबल समर्थकहरुले लियोनल मेसीलाई उत्कृष्ट फटबलर मान्ने गरेका छन् भने केही सीमित समर्थकहरुले रोनाल्डोलाई राम्रा खेलाडी मान्ने गरेका छन् । यी दुई खेलाडीहरुबीचको गोल रेकर्ड हेर्ने हो भने प्रायः बराबरी नै रहेको छ ।

रोनाल्डो उमेरले पाको भएको हिसावले उनले धेरै खेल खेलेको कारणले गर्दा मेसीको भन्दा उनले गरेको गोलसंख्या धेरै छ तर, दुबैले खेलेको खेलको अाैषत आधारमा तुलना गर्ने हो भने रोनाल्डोले हरेक १०६ मिनेटमा १ गोल गरेका छन् भने मेसीले हरेक ९३ मिनेटमा गोल गरेका छन् । यस हिसावले पनि मेसी नै अगाडि देखिन्छन् ।

त्यस्तै मेसीको गोल एसिस्ट करिब साढे २ सयको हाराहारीमा छ भने रोनाल्डोको १ सयको हाराहारीमा मात्रै रहेको छ । त्यस्तै मेसीको ड्रिबलिङमा त अन्य खेलाडीको तुलना नै गर्न मिल्दैन । मेसीको फ्रिकिक मा पनि बलिया रहेका छन् । मेसीको तुलनामा रोनाल्डोको पेनाल्टी फिनिस भने राम्रो रहेको छ । यो कुरालाई धेरैले स्विकार गरेका छन् ।

मेसीले सबैभन्दा धेरै गोल बलिया भनिएका क्लबहरुबिरुद्ध गरेका छन् । टोलीलाई गोलको आवश्यकता रहेको बेला उनले जिताएका छन् । उनी सहकर्मीहरुलाई आफैले गोल गर्ने बल पास गर्न पछि पर्दैनन् । उनी सहकर्मीहरुको गोलमा उत्तिकै खुसी साँट्छन् भने आफुले आफुलाई ‘उत्कृष्ट’ भन्दैनन् बरु मैदानमा आफ्नो जिम्मेवारी पूर्ण रुपले निभाउँछन् ।

चेल्सीका लेजेन्ड खेलाडी माइकल बालाकले पनि बार्सा र चेल्सीबीचको खेलमा एक ट्वीट गर्दै यसो भने

फुटबल पण्डित रियो फर्डिनान्ड बीटी स्पोर्टस्का खेल विश्लेषक हुन् । म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी समेत रहेका उनी रोनाल्डोलाई उत्कृष्ट खेलाडी मान्न तयार छैनन् । उनी भन्छन् गोल गर्दैमा उत्कृष्ट खेलाडी भइदैन । त्यसको लागि टोलीलाई कतिको योगदान दियो भन्ने कुरा महत्वपूर्ण हो । यो सबै लियोनल मेसीमा छ ।

 

बीटी स्पोर्टस्का ग्यारी लिनेकर त सँधै भन्ने गरेका छन् ‘लियोनल मेसी विश्वकै उत्कृष्ट फुटबलर हुन् । उनीले केही खेलमा टिजर मात्रै देखाउँछन् त केही खेलमा पुरा फिल्म । यो उनको विशेषता हो । हामी के कुरामा भाग्यमानी सम्झनुपर्छ भने हामीले मेसीको खेल प्रत्यक्ष रुपमा हेर्न पाएका छौं ।’ यही कुरा

लाई समर्थन गर्दै लिनेकरले चेल्सीबिरुद्धको खेलमा एक ट्वीट गरे..

फुटबलका अर्को पण्डित रे हट्सनले सँधै मेसीलाई राम्रो भन्दै आइरहेका हुन्छन् ।

के त्यसाे भए सीमित मेसी समर्थकहरुकै कुरा मात्रै राखेर हामीले यो समाचार तयार पारेका हाैं त ? यो प्रश्नको सिधा उत्तर के भने, के फुटबल पण्डितहरुले प्रत्यक्ष प्रसारणमै मेसी विश्वकै फुटबलर भनेर आफ्नै टेलिभिजनबाट भने का हुन् त ? एकोहोरो रुपमा मेसीको तारिफ गरिरहँदा टेलिभिजनका मालिकहरु चाँही के हेरेर बस्छन् ? उनीहरुलाई पनि त ‘टीआरपी’ बढाउनु छ । अर्को कुरा मेसीलाई उत्कृष्ट भन्ने फुटबल पण्डित मात्रै छैनन्, अधिकांश खेलाडी तथा प्रशिक्षकहरु पनि यो कुरामा समहत छन् ।

चेल्सीसँगको खेलमा मेसी ‘म्यान अफ द म्याच’ अन्य खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here