चेल्सीसँगको खेलमा मेसी ‘म्यान अफ द म्याच’ अन्य खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । बार्सिलोनाले चेल्सीलाई घरेलु मैदानमा ३–० गोलले हराउँदा खेलमा सदाजस्तै नायक बने लियोनल मेसी । उनले अत्यान्तै सुन्दर खेल पस्कँदा २ गोल र १ एसिस्टको योगदान गरे । बार्सिलोनाको अघि पाहुना टोली निरिह नै बन्न पुग्यो । यहाँ हामीले बार्साका खेलाडीहरुले खेलेको प्रदर्शनको आधारमा रेटिङ्ग तयार पारेका छौं । रेटिङ्गको पूर्ण अंक १० रहेको छ ।

टेर स्टेगन ७.५

खेलको शुरुमा नै चेल्सीले गोल खान पुगेपछि बार्साको पोस्टमा चेल्सीले केही राम्रो आक्रमण गर्यो । त्यसलाई बिफल बनाउनको लागि उनी सफल भए । चेल्सीले ४ वटा बल फ्रेममा हान्दा उनले सबै बललाई बिफल बनाइदिए ।

सर्जी रोबर्टो ६

सर्जी रोबर्टोले आफ्नो भूमिका विशेष रुपले निभाए । क्लबमा उनी ड्यानी आल्भेजलाई पनि बिर्सिन सक्ने भइसकेका छन् । मेसीको पनि तारिफ पाइसकेका उनी चेल्सीसँगको खेलमा सफल देखिए । तर, उनीसँग बार्सा समर्थकहरुले अझै बढी अपेक्षा गर्ने भइसकेका छन् ।

जेरार्ड पिके ७

बार्सिलोनाबाट प्रायः सँधै फर्मममा रहने खेलाडी हुन् जेरार्ड पिके । उनी विशेष गरेर ठूला खेलहरुमा अत्यान्तै सफल देखिन्छन् । चेल्सीसँगको खेलमा पनि उनको प्रदर्शन राम्रो रह्यो ।

खेलको ६२ औं मिनेटमा उनले अलन्सोको सटको अत्यान्तै राम्रो ब्लक गरे । समग्रमा उनले डिफेन्डरको अनुशासनको पालना गरे ।

स्यामुअल युम्टीटी ७

उनी डिफेन्स लाइनमा खम्बा नै बनेर बसे । चेल्सीले फ्रेममा गरेका प्रहारलाई बिफल बनाउन उनी सफल रहे । चेल्सीका स्ट्राइकरहरुलाई पकेटमा राख्न उनी सफल भए ।

जोर्डी अल्बा ६

चेल्सीसँगको खेलमा जोर्डी अल्बा कँही हराएको जस्तो देखिए । मेसीसँग खेलमा तालमेल मिलाउने अल्बाले केही राम्रा मुभहरु पक्कै बनाए । उनले दोस्रो हाफमा मेसीसँग खेल्ने प्रयास गरे । उनी चेल्सीका खेलाडीहरुलाई मार्क गर्नमा बढी व्यस्त देखिए । चोटका बाबजसद पनि उनले राम्रो खेल खेले ।

सर्जियो बुस्क्वेट ६

बुस्क्वेटले ६० औं मिनेटमा मैदान छोड्नुपर्यो । ६० मिनेटसम्मको खेलममा उनले राम्रो प्रस्तुती दिए । चेल्सीसँग खेल्नुपर्ने खेलमा उनी सफल देखिए ।

इभान राकेटिच ६

जिरोर्डलाई उनले पूर्णतया नियन्त्रणमा लिए । साथै पहिलो हाफमा डिफेन्सिभ रोल तथा केही ट्याकलहरु उनको हेर्न लायक थियो ।

आन्द्रेज इनियष्टा ६

खेलको ५५ औं मिनेटमा उनी मैदान बाहिर आए । चोटबाट मुक्त भएर आएका उनले खेलमा केही राम्रो मुभहरु बनाए । पहिलो हाफमा स्वारेजलाई दिएको ब्याकहिल पास अत्यान्तै सुन्दर थियो । उनी टोलीमा फर्कनु नै बार्सिलोनाको मनोवल बढ्नु र चेल्सीको घट्नु थियो ।

लियोनल मेसी ९.५

खेलको तेस्रो मिनेटमा नै गोल गरेर मेसीले टोलीलाई अग्रता दिए । त्यती मात्रै होइन २० औं मिनेटमा निस्वार्थी भएर डेम्मेलेलाई गोल गर्नको लागी पास मिलाईदिए । खेलको ५६ औं मिनेटमा उनले पूर्व सहकर्मी फाब्रिगासलाई छलाएरै लडाइदिए । उनले स्वारेजको पासमा गोल गरे । मेसीले खेलमा जम्मा ६९ पटक बल छोए । ३ वटा सट पोष्टमा प्रहार गरे ।

डेम्बेले ७

डेम्बेलेले मेसीको पासलाई जज गरेर पोजीसनमा कुदेर आएर बार्साबाट गोलको खाता मात्रै खोलेनन् दोस्रो हाफमा उनले डिफेन्डरको भूमिका पनि निभाए । उनले ६६ मिनेटसम्म खेल खेल्न पाए । उनका केही मुभहरु साँचै सुन्दर थिए ।

लुइस स्वारेज ७

स्वारेजले मेसीलाई खेलको तस्रो मिनेटमा र ६३ औं मिनेटमा गोलको लागि पास मिलाईदिए । उनले गोल गर्न नसकेपछि खेलमा ३ वटा एसिस्ट प्रदान गर्ने काम गरे । साथै उनले विपक्षीको डिफेन्सलाई तनाबमै राखे ।

बैकल्पिक खेलाडी

पाउलिन्हो ६

पाउलिन्हो आन्द्रेज इनियष्टाको ठाउँमा मैदान प्रवेश गरेका हुन् । ७५ औं मिनेटमा उनीमाथि मार्कोस अलन्सोले खुट्टामा प्रहार गरे । ८५ औं मिनेटमा हेडिङमार्फत गोल गर्ने प्रयास गरे तर त्यसलाई चेल्सीका किपरले बिफल बनाइदिए ।।

आन्द्रे गोमेज ६

बुस्क्वेटको ठाउँमा मैदान प्रवेश गरेका उनले ब्याक पासमै बढी ध्यान दिए । उनले ७३ औं मिनेटमा बिपक्षीको पोस्टमा बल नियन्त्रण नै गुमाए । यद्यपी टोलीको लागि कुनै गल्ती भने गरेनन् ।

एलेक्स भिडाल ६

भिडालको खेलको ६६ औं मिनेटमा डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका हुन् । ८७ औं मिनेटमा उनले गोलको लागि मुभ बनाउन लाग्दा उनलाई ट्याकल गरियो । उक्त ट्याकलको फ्रिकिकमा चेल्सीका किपर सफल देखिए ।

चेल्सीका खेलाडी

  • कोर्टवा ५
  • एज्पिलोकोयटा ६
  • क्रिस्टिन्सन ६
  • रोड्रिगर ६
  • मोसेस ६
  • कान्टे ६
  • फाब्रिगास ६
  • अलन्सो ७
  • विलियान ६
  • हाजार्ड ६
  • जिरोर्ड ५

बैकल्पिक खेलाडी

  • मोराटा ६
  • पेड्रो ६

बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, चेल्सीलाई समग्रमा ४–१ गोलले हरायो

चेल्सीबिरुद्धको खेलमा देखिएका रोचक तथा मर्मस्पर्शी दृश्यहरु (छोटकरीमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here