बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, चेल्सीलाई समग्रमा ४–१ गोलले हरायो

बार्सा नेपाल । बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ । केहीबेर अघि घरेलु मैदान क्याम्प नाउमा चेल्सीलाई ३–० गोल तथा समग्रमा (४–१) गोलले पराजित गरेपछि बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो ।

खेलमा लियोनल मेसीले तेस्रो मिनेटमा नै गोलको खाता खोलेका थिए । मेसीले लुईस स्वारेजको पासमा गोल गरेका हुन् । त्यस्तै, २० औं मिनेटमा मेसीले ओस्माने डेम्बेलेलाई गोल गर्ने बल मिलाइदिए । डेम्बेलेले पनि गोल गरेर बार्साबाट खाता खोले ।

पहिलो हाफमा २–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा पनि गोल गर्यो । स्वारेजकै पासमा मेसीले गोल गरेका हुन् ।

खेलमा बार्सिलोनाले ५३ प्रतिशत बल पोसेसन कायम गरेका थिए भने चेल्सीले ४७ प्रतिशत पोसेसन कायम गरेका थिए । बार्सिलोनाले ७ वटा बल फ्रेममा प्रहार गर्दा चेल्सीले मात्र ३ वटा बल फ्रेममा हानेका थिए ।

त्यस्तै, खेलमा बार्सिलोनाले ४ वटा कर्नर, चेल्सीले ६ वटा पाएको थियो । बार्सिलोनाले ५०७ वटा पास खेलेको थियो जसमा टिम ८६ प्रतिशत सफल देखिएको थियो भने चेल्सीले ३७९ पास खेल्दा ८० प्रतिशत सफल देखिएको थियो ।

यसअघिको पहिलो लेगमा यी दुई टिम १–१ गोलमा रोकिएका थिए ।

चेल्सीलाई पराजित गरेसँगै बार्सिलोना लगातार ११ सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खेल पछि प्रतिक्रिया दिँदै भने ‘बार्सासँग मेसी छ । उनीहरुसँग राम्रा खेलाडी छन् । साँचै उनीहरु राम्रो टिम हो । हो हाम्रो लागि यो नराम्रो नतिजा हो’

चेल्सीबिरुद्धको खेलमा देखिएका रोचक तथा मर्मस्पर्शी दृश्यहरु (छोटकरीमा)

मेसीको गोल छोरा सिरोप्रति सर्मपित, डेम्बेलेले पनि गोलको खाता खोले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here