मेरो छोराको भविष्य पीएसजीमै छः नेयमार सिनियर

बार्सा नेपाल । ब्राजिलियन नेयमार पीएसजीमा खुसी नभएको समाचार प्रकाशित भइरहेको बेला उनका बुबा तथा एजेन्ट नेयमार सिनियरले भने आफ्नो छोरा पीएसजीमा नै खुसी रहेको बताएका छन् ।

सार्वजनिक समाचार अनुसार नेयमारको भविष्य पीएसजीमा नै भएको नेयमार सिनियरले बताएका छन् । उनले पीएसजीका अध्यक्ष नासिर अफ खेलाफीसँग पनि भेटिरहेका छन् । केही हप्ता अघि मात्रै उनले रियल मड्रिडका एजेन्टहरुसँग पेरिसमा भेटेका थिए । खेलाफी पनि नेयमार बिक्रीको लागि नभएको बताएका छन् ।

मार्सेसँगको खेलमा घाइते भएका नेयमार हाल ब्राजिलमा रहेका छन् । उनलाई पीएसजी अध्यक्षले मनोवल बढाएको नेयमार सिनियरले खुलासा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here