बार्साको अन्डर १९ ‘ए’ टिम युथ च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

बार्सा नेपाल । बार्सिलोनाको अन्डर १९ ‘ए’ टिम युइएफए युथ लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडको अन्डर १९ टिमलाई २–० गोलले हराएर बार्सा जुनियरले सेमिफाइनलमा स्थान बनाएको छ ।

एथ्लेटिको मड्रिडको अन्डर १९ टिमलाई हराउन बार्सा जुनियरले पहिलो हाफमा सुन्दर खेल पस्केको थियो । खेलको २५ औं मिनेटमा डिबक्स भित्रबाट माक्वेस मेन्डेजले गोल गरे भने ४२ औं मिनेटमा कोलाडोले गोल गरेर अग्रता कायम गरेको थियो ।
खेलको दोस्रो हाफमा दुबै पक्षले गोल गर्ने प्रयास गरे पनि सफल भने भएन ।

खेलमा बार्साको टिमले १९ वटा सट प्रहार गरेको थियो भने विपक्षी टिमले १० वटा सट प्रहार गरेको थियो । जसमध्ये बार्साको ७ वटा सट फ्रेममा परेको थियो भने एथ्लेटिको मड्रिडको टिमको २ वटा मात्रै परेको थियो ।

त्यस्तै, अर्को खेलमा पोर्टोको युथ टिमले टोटनहमको युथ टिमलाई २–० गोलले हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।
आज म्यान्चेस्टर सिटीको युथ टिम र लिभरपुलको युथ टिम तथा रियल मड्रिडको युथ टिम र चेल्सीको युथ टिमबीच प्रतिस्पर्धा हुँदैछ । यी खेलमा जुन टिमले जित दर्ता गर्छ सोही टिमले सेमिफाइनलमा स्थान बनाउँछ ।

MATCH DAY: पछिल्लो १० खेलमा खराब नतिजा निकालेको चेल्सी बार्सासँग भिड्दै (प्रिभ्यू)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here