पूर्व कप्तान पुयोल भन्छन्ः बार्सिलोना चेल्सीको काउन्टर अट्याकबाट जोगिनुपर्छ

बार्सा नेपाल । बार्सिलोनाका पूर्व कप्तान कार्लोस पुयोलले अबको केही बेरमा हुने बार्सिलोना र चेल्सीबीचको खेलबारे प्रतिक्रिया दिएका छन् । स्काई स्पोर्टस्मा प्रकाशित अन्तर्वाता अनुसार उनले पहिलो लेगको नतिजा हेर्दा बार्सिलोना अर्को चरण प्रवेश गर्ने बताएका छन् । यद्यपी चेल्सी संगठित टिम भएको कारणले खेलको नतिजा जे पनि हुन सक्ने बताएका छन् ।

चेल्सी काउन्टर अट्याकिङ फुटबलमा छिट्टो भएकोले बार्सिलोनाको लागि घातक बन्नसक्ने उनको भनाई थियो ।

चेल्सीले सन् २०१२ मा बार्सिलोनालाई परास्त गरेकै जस्तो खेल खेल्न सक्ने उनको अनुमान छ । यसको लागि बार्सिलोना जोगिनुपर्ने उनको भनाई छ । अवे मैदानमा बार्सिलोनाले १–१ गोलको फाइदा लिएको कारणले बार्सिलोनालाई केही राहत हुने भए पनि खेलमा जे पनि हुनुसक्ने पुयोलको भनाई छ ।

उनका अनुसार चेल्सीका खेलाडीहरु विलियान, हाजार्ड, पेड्रो लगायतका खेलाडी उत्कृष्ट फर्ममा रहेका छन् । उनीहरु निकै छिट्टो पनि रहेका छन् । साथै फाब्रिगास पनि राम्रा खेलाडी भएको उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here