MATCH DAY: पछिल्लो १० खेलमा खराब नतिजा निकालेको चेल्सी बार्सासँग भिड्दै (प्रिभ्यू)

बार्सा नेपाल । बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को दोस्रो लेग चेल्सीसँग क्याम्प नाउमा खेलदैछ । नेपाली समयअनुसार बिहीबार बिहान साढे १ बजे हुने खेलले विशेष महत्व राख्छ । दुई बलिया क्लबहरु यसअघिको पहिलो लेगमा १–१ को बराबरीमा रोकिएका थिए । यद्यपी अवे गोलको आधारमा भने बार्सिलोना अगाडि रहेको छ ।

२२ दिन पुराना समाचारहरू

चेल्सीलाई बार्सिलोनाले किन जित्न सकेन ? गल्ती कहाँ भयो ?

मेसीको गोलमा चेल्सीबिरुद्ध बार्सिलोनाको अवे एडभान्टेज

चेल्सीबिरुद्ध मेसीले गोल गरेपछि ‘वाइल्ड सेलिब्रेसन’ (१० फोटोमा) 

दुबै टिमले खेलको लागि १८ जना खेलाडीहरुको सूची सार्वजनिक गरेका छन् । बार्सिलोनाको सूचीमा एथ्लेटिको मड्रिडसँगको खेलमा घाइते भएका कप्तान आन्द्र्रेज इनियष्टा पनि परेका छन् । अभ्यास खेल समेत खेलेका उनी सम्भवत चेल्सीसँगको खेलमा मैदानमै उत्रनेछन् । तर, टोलीमा नेल्सन सेमेडो र डेनिस स्वारेज परेका छैनन् । उनीहरु चोटका कारणले मैदान बाहिरै छन् ।

बार्सिलोनाका खेलाडी सूची,

वर्तमान् अवस्था

बार्सा

बार्सिलोनाले खेलेको पछिल्लो १० खेलमा कुनैमा पनि पराजय व्यहोरेको छैन । बार्साले ६ खेलमा जित तथा ४ खेलमा बराबरी खेलेको छ ।

चेल्सी

चेल्सीको अन्तिम १० खेलको नजिता त्यती सन्तोषजनक छैन । यसले जम्मा ४ खेलमा मात्रै जित हासिल गरेको छ भने १ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेको छ ।

प्रशिक्षक

दुबै क्लबका प्रशिक्षकहरुले खेलको नतिजा आफ्नो पक्षमा आउने दावी गरिरहेका छन् । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले यसअघिको नतिजा सुखद् रहेको भन्दै सोही नतिजालाई कायम राखे पनि पुग्ने तर, गोल अनिवार्य रहेको बताएका छन् । उता चेल्सीका प्रशिक्षक अन्टोनियो कोन्टेले बार्सिलोना बलियो टिम भए पनि परास्त गर्न सकिने बताएका छन् ।

चेल्सीको मुख्य हतियार

यसअघिको खेलमा पनि गोल गरिसकेका चेल्सीका खेलाडी विलियान चेल्सीका मुख्य हतियार हुन् । यो सिजन उनले १३ गोल गरिसकेका छन् । जसमध्ये प्रिमियर लिगमा ६ गोल तथा ६ एसिस्ट, च्याम्पियन्स लिगमा ३ गोल १ एसिस्ट, एफए कपमा २ गोल तथा लिग कपमा २ गोल गरिसकेका छन् ।

कसरी हेर्ने ?

नेपाली दर्शकहरुले उक्त खेल सोनी टेन च्यानलबाट प्रत्यक्ष रुपमा हेर्न सक्नेछन् । साथै सोनी लिभ मोबाइल एप तथा सोनीलिभ डटकमबाट पनि खेल हेर्न सकिन्छ ।

राइभल वाचः चेल्सीबारे केही तथ्यहरु जुन तपाईलाई थाहा नहुन सक्छ

चेल्सीको जर्सीमा क्याम्प नाउमा उत्रँदै यी बार्साका दुई पूर्व खेलाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here