राइभल वाचः चेल्सीबारे केही तथ्यहरु जुन तपाईलाई थाहा नहुन सक्छ

बार्सा नेपाल । बार्सिलोनाले बिहीबार बिहान साढे १ बजे (नेपाली समय अनुसार) च्याम्पियन्स लिग अन्तर्गतको खेलमा प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने अन्तिम १६ को पहिलो लेगमा यी दुई क्लबहरु १–१ को बराबरीमा रोकिएका थिए ।

अगामी खेलमा पनि यी दुई क्लबहरुबीच रोचक प्रतिस्पर्धा हुने निश्चित छ । हामीले बार्सिलोनाबारे त धेरैभन्दा धेरै समाचार प्रकाशित गर्दै आइरहेका छौं । तर, चेल्सी प्रतिद्धन्द्धी भएको हिसावले चेल्सीको बारेमा पनि बार्सा समर्थक तथा अन्य क्लबका समर्थकहरुले पनि थाहा नपाएका केही जानकारी यहाँ हामीले प्रस्तुत गरेका छौं ।

इंग्लिस क्लब चेल्सी आजभन्दा ११३ वर्षभन्दा पहिले स्थापना भएको क्लब हो । क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिज हो । जसको दर्शक अट्ने क्षमता ४१ हजार ६३१ सय रहेको छ ।

– प्रिमियर लिगमा चेल्सीले केही रेकर्डहरु कायम गरेको छ । जस्तो एक सिजनमा थोरै गोल (१५ गोल) खाने क्लब, धेरै गोल (१२८ गोल गर्ने क्लब) लामो समयसम्म (८६ खेल)मा घरेलु मैदानमा अपराजित हुने क्लब ।

–पछिल्लो दुई दशकयता चेल्सी सफल क्लबको रुपमा आइरहेको छ । सन् १९९० ताका चेल्सी अंक तालिकाको मध्यतिर हुने क्लब थियो । तर रोमन इब्रामोभिच आएपछि क्लबले ठूलो व्यवसायीक सफलता पनि पाएको छ ।

– चेल्सीले यूरोपियन प्रतिस्पर्धामा समग्रमा सबैभन्दा ठूलो गोल अन्तर हासिल गरेको छ । सन् १९७१ मा क्लबले लक्लेम्बर्गको ज्युनेस हाउचारेजलाई २१–० गोलले पराजित गरेको थियो ।

– बार्सिलोना र चेल्सी सन् १९६६ को मे २५ मा द फेयर्स कपको सेमिफाइनलमा भिडेका थिए । इंग्ल्याण्डमा भएको उक्त खेललाई ९ हजार ८ जना दर्शकले प्रत्यक्ष रुपमा अवलोकन गरेका थिए ।

– चेल्सीको उपनाम ‘द ब्लूज’ र ‘द पेन्सनर’ हो ।

– चेल्सीका खेलाडी भिनी जोन्स (अहिलेका प्रशिद्ध कलाकार)को नाममा अचम्मको रेकर्ड छ । १९९२ मा सेफिल्ड युनाइटेडसँग भएको खेलमा उनले ३ सेकेन्डमै पँहेलोका कार्ड पाएका थिए ।

– चेल्सीको गीत, सन् १९७२ मा प्रसिद्ध गायकहरुले चेल्सीको गीत रेकर्ड गराएका थिए । उक्त गीत निकै चल्यो । उक्त गीतलाई समर्थकहरुले निकै मन पराउँछन् ।

गोमेज भन्छन् ‘मैले बार्साबाट अन्य खेलाडीलेजस्तो खेल्न सकेको छैन’

चेल्सीका हाजार्ड भन्छन्ः बार्सिलोनालाई सहज तरिकाले अगाडि बढ्न दिँदैनौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here