गोमेज भन्छन् ‘मैले बार्साबाट अन्य खेलाडीलेजस्तो खेल्न सकेको छैन’

बार्सा नेपाल । बार्सिलोनाका मिडफिल्डर आन्द्रे गोमेजले आफू आफ्नो खेलबाट असन्तुष्ट रहेको बताएका छन् ।

बार्सिलोनाका अन्य सहकर्मीहरुले उच्च प्रदर्शन गरिरहेको बेला आफ्नो खेल उनीहरुकै स्तरको नहुँदा पनि आफूलाई सहकर्मीहरुले अत्यान्तै सहयोग गरेका बताएका छन् ।

सन् २०१६ को समरमा बार्सिलोना आएका उनले बार्साबाट आफ्नो खेलको स्तरको स्तरभन्दा बढी समय खेल्न पाए पनि उनको खेल्ने शैलिबाट बार्सा समर्थकहरु पनि सन्तुष्ट रहेका छैनन् ।

आफ्नो खेलबारेमा आफू नै निराश रहेको गामेजले पनेन्कासँगको एक अन्तर्वातामा बताएका छन् । उनले कुराकानीको क्रममा सडकमा हिड्न समेत आफुलाई लाज लागन थालेको बताएका छन् ।

अधिकांश बार्सा समर्थक गोमेजसँग खुसी छैनन् । बार्साका प्रशिक्षक अर्नेष्टो भालभर्डेले उनलाई मैदानमा पठाउने बित्तिकै उनीप्रति बार्सा समर्थक रुष्ट हुने गरेका छन् ।

आफु अभ्यास खेलमा नियमित गएर अभ्यास गर्दा पनि आफ्नो मनोबल गिर्ने उनको भनाई छ । उनले भनेका छन् ‘जति म अभ्यास खेलमा शान्त देखिन्छु त्यो वास्तबिकता होइन, अभ्यासमा पनि मेरो मनोवल गरिरहेको हुन्छ ।’

यसकारण ब्रिटिस मिडिया बार्सिलोनाको विपक्षमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here