यसकारण ब्रिटिस मिडिया बार्सिलोनाको विपक्षमा

निलेश अधिकारी

बार्सा नेपाल । बेलायतका मिडियाहरु पछिल्लो समय बार्सिलोनाको बिरुद्धमा रहेका छन् । विशेष गरेर च्याम्पियन्स लिगमा चेल्सीले बार्सिलोना प्रतिद्धन्द्धी पाए देखि नै उनीहरुले चेल्सीको मनोवल उच्च बनाउनको लागि बार्सिलोनाको खेदो खन्न थालेका हुन् ।

हुनत ब्रिटिस मिडियाहरुले जहिल्यै पनि इंग्लिस क्लब बलियो र सबैभन्दा राम्रो भन्दै आइरहेका छन् । तर, पछिल्लो दशक च्याम्पियन्स लिग तथा यूरोपामा कमजोर उपस्थिति भए पनि उनीहरुले बलियो भन्ने दावी कायम नै राखेका छन् । आफ्नो देशको क्लब बलियो देखाउनको लागि उनीहरु अन्य देशका क्लबहरुको खेदो खन्न पछि पदैनन् ।

पछिल्लो केही महिनायता भएको पनि यही नै हो । बार्सिलोनालाई कमजोर देखाउनको लागि उनीहरुले खेलाडीहरुसँग कुराकानी गरेर, अन्य मिडियामा आएको कुराहरुलाई बंग्याएर समाचारहरु प्रकाशित गरिरहेका छन् ।

पछिल्लो समय उनीहरुले मेसीलाई सेस फ्राब्रिगासले रोक्ने भन्ने समाचार प्रकाशित प्राथमिकताका साथ प्रकाशित गरेका छन् । रियल मड्रिड निकट मिडिया मार्सासँग फाब्रिगासले गरेको कुरालाई उनीहरुले बंग्याएर मेसीलाई रोक्न फाब्रिगास सक्षम भनेका छन् । तर, मार्कामा सो समाचार मेसीसँग आफूल संगत गरेकोले केही हदसम्म उनको खेल्ने शैली थाहा भएकोले उनलाई रोक्नकोे लागि ‘प्रयास’ गर्ने भनेर प्रकाशित समाचारलाई ब्रिटिस मिडियाले मेसीलाई रोक्ने ‘दावी’ जस्तो गरेर समाचार प्रकाशित गरेका हुन् ।

यो पछिल्लो समय प्रकाशित एउटा उदाहरण मात्रै हो । तर, केही वर्षयता इंग्लिस प्रिमियर लिगभन्दा यूरोपका अन्य लिगहरु पनि बलियो बन्दै जाँदा ब्रिटिस मिडियाहरुलाई छटपटी हुने गरेको र आफ्नो देशको लिगलाई बलियो बनाउनको लागि समाचारको एंगल फरक बनाउने गरेको उदाहरणहरु छरपष्ट छन् ।

चेल्सीका हाजार्ड भन्छन्ः बार्सिलोनालाई सहज तरिकाले अगाडि बढ्न दिँदैनौं

पुराना अालेखहरू

ला लिगा र प्रिमियर लिग ‘योहान क्रफ’का चेलाहरुको कब्जामा

ला लिगा कसरी विश्वको सबैभन्दा सर्वोत्कृष्ट लिग ? (विश्लेषण)

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here