चेल्सीका हाजार्ड भन्छन्ः बार्सिलोनालाई सहज तरिकाले अगाडि बढ्न दिँदैनौं

बार्सा नेपाल । चेल्सीका प्रभावशाली खेलाडी इडेन हाजार्डले बार्सिलोनासँगको खेल विशेष हुने बताएका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको पूर्वसन्ध्यामा बेलायतका संचारमाध्यमसँग कुरा गर्दै उनले भने ‘बार्सिलोनासँगको खेल एक ठूलो हुनेछ ।’

मिडियाहरुसँग कुरा गर्दै उनले यसअघिको खेलमा १–१ को बराबरीमा सकिए पनि क्याम्प नाउमा चेल्सी जितको लागि जाने उनको प्रतिक्रिया थियो । उनले भने ‘हामीले बार्सिलोनालाई हराउनै नसक्ने होइनौं, हामीसँग त्यो क्षमता छ जसले हामीलाई अन्तिम ८ मा पुर्याउँछ ।’ ‘१–१ को नजितमा बार्सिलोना अवे गोलको आधारमा अगाडि रहेको छ तर यो कुरालाई बिर्सेर क्याम्प नाउमा आफूहरु जाने हाजार्डको भनाई थियो ।’

यद्यपी उनले बार्सिलोना बलियो टिम भएको स्वीकार गरेका छन् । यदि आफूहरुको पक्षमा जित नआए पनि बार्सिलोनाको खेल्ने शैलीलाई आफूहरुले प्रभावित बनाउन सक्ने उनको दावी रहेको छ ।

खेल बिहीबार बिहान साढे १ बजे (नेपाली समयअनुसार) हुनेछ ।

कप्तान इनियष्टा अभ्यास खेलमा फर्किए, चेल्सीसँगको खेल खेल्नसक्ने

चेल्सीको जर्सीमा क्याम्प नाउमा उत्रँदै यी बार्साका दुई पूर्व खेलाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here