नेयमारलाई बेच्न पीएसजी लचक, फ्रान्समा नेयमार सिनियर र रियलका एजेन्टबीच भेट

बार्सा नेपाल । च्याम्पियन्स लिग जित्न फ्रान्सको पेरिस गएका ब्राजिलियन खेलाडी नेयमारको टिम पीएसजी अन्तिम १६ मै थन्किएपछि नेयमारको स्थानान्तरणको चर्चा व्यापक रुपले भइरहेको छ । पछिल्लो समय प्रकाशित समाचारहरुको अनुसार नेयमारको स्थानान्तरणको बारेमा पीएसजी पनि केही लचक देखिएको जनाइएको छ । तर उनको स्थानान्तरणको लागि ४ सय मिलियन यूरो पाउनुपर्ने पीएसजीको सर्त रहेको छ ।

यतिका मोटो रकम हालेर नेयमारलाई जुन पायो त्यही क्लबले भित्र्याउन सक्दैन । यसको लागि स्पेनको रियल मड्रिड मात्रै सक्षम रहेको समाचार एसमा प्रकाशित छ । नेयमार पुनः बार्सिलोना नै आउने भन्नेबारेमा बार्साका प्रशिक्षक अर्नेष्टो भालभर्डेले सम्भव नभएको बताएपछि उनी बार्सिलोना फर्कन सक्दैनन् । तर, रियल मड्रिडले नेयमारलाई भित्र्याउन मरिहत्ते गरिरहेको बेला उनी त्यहाँ जानसक्ने समाचारमा औल्याइएको छ ।

नेयमार रियलले भित्र्याउनको लागि ग्यारेथ बेललाई बेच्नुपर्ने एसमा उल्लेख छ । रियल मड्रिडले सन् २०१३ मा ग्यारेथ बेललाई भित्र्याएपछि, हामेस रोड्रिग्वेजलाई विश्वकपछि महँगो रकममा भित्र्याएको थियो । त्यसपछि अन्य महँगा खेलाडीहरु किनेको छैन ।

केही हप्ताअघि नेयमारको एजेन्ट तथा बुबा नेयमार सिनियरलाई रियलका एजेन्टहरुले फ्रान्सको राजधानीमा भेटेका थिए । नेयमार सिनियरले उक्त भेटमा पीएसजीले कम्तीमा ४ सय मिलियन यूरोको माग गर्ने बताएका थिए ।

चेल्सीको जर्सीमा क्याम्प नाउमा उत्रँदै यी बार्साका दुई पूर्व खेलाडी

नेयमारको सपनामा यसरी लाग्याे तुषारापात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here