चेल्सीको जर्सीमा क्याम्प नाउमा उत्रँदै यी बार्साका दुई पूर्व खेलाडी

बार्सा नेपाल । बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग इंग्लिस क्लब चेल्सीसँग बिहीबार बिहान साढे १ बजे (नेपाली समयअनुसार) खेल्दैछ । यसअघि चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको पहिलो लेगमा यी दुई क्लबले १–१ गोलको बरारबी खेलेको थियो । उक्त खेलमा चेल्सीको लागि विलियानले तथा बार्साको लागि लियोनल मेसीले गोल गरेका थिए ।

घरेलु मैदान क्याम्प नाउमा हुने खेलमा बार्सिलोनाका प्रभावशाली दुई पूर्व खेलाडीहरु पनि क्याम्प नाउमा आउँदैछन् । ती खेलाडीहरु हुन् पेड्रो रोड्रिग्वेजसेस फाब्रीगास

पेड्रो रोड्रिग्वेजको बार्सिलोना सम्बन्ध पनि निकै राम्रो छ । पेड्रो ला मासियाका खेलाडी हुन् । उनी सन् २००४ देखि बार्सिलोनामा आबद्ध भएका हुन् । युथ एकेडेमी, बार्सिलोना सी, बार्सिलोना बी हुँदै पेड्रोले सिनियर टिमबाट सन् २००८ मा डेब्यू गरेका हुन् ।

उनले सन् २००८ देखि २०१५ सम्म बार्सिलोनाबाट खेले । बार्साबाट २०४ खेल खेलेका उनले बार्सिलोनाको लागि ५८ गोल पनि गरे । उनी सन् २०१५ मा चेल्सी गएका हुन् । उनले चेल्सीको जर्सीबाट ८० भन्दा बढी खेल खेलिसकेका छन् भने २० गोल पनि गरिसकेका छन् ।

त्यस्तै, अर्का खेलाडी सेस फाब्रीगास र बार्सिलोनाको सम्बन्ध निकै पुरानो हो । उनी सन् १९९७ मा बार्सिलोनाको युथ एकेडेमीमा आबद्ध भएका थिए । उनी त्यहाँ ६ वर्षसम्म रहे । र आर्सनलतिर लागे । उनलाई बार्सिलोनाले सन् २०११–१२ को सिजनमा पुनः क्लबमा भित्र्याएको थियो । उनले बार्सिलोनाको जर्सीमा ९६ खेल खेले । जसमा २८ गोलको योगदान पनि दिए । उनी सन् २०१४ देखि चेल्सीसँग आबद्ध भएका हुन् ।

अन्तिम १६ को पहिलो लेग फेब्रअरी २१ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ भने दोस्रो लेग मार्च १५ मा घरेलु मैदान क्याम्प नाउमा हुनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here