नुमान्सियाले बार्सा बीलाई बराबरीमा रोक्यो

बार्सा नेपाल । अन्तिम समय सम्हालिन नसक्दा बार्सिलोना बीले घरेलु मैदान मिनी स्टेडियममा अंक बाँड्नु परेको छ । बार्सिलोना बी ले नुमान्सियासँग २–२ को बराबरी खेलेर अंक बाँडेको हो ।

खेलमा बार्सिलोना बीले दुई गोलको अग्रता लिएको थियो । खेलको ३७ औं मिनेटमा कार्लेस एलेनाले पेनाल्टीमार्फत गोल गरेका थिए भने ५२ औं मिनेटमा एबेल रुइजले गोल गरेको थियो । तर पाहुना टोली नुमान्सियाले दुई गोल फर्काएको थियो । नुमान्सियाको लागि ७२ औं मिनेटमा पिरे मिल्ला तथा इन्जुरी समयमा पापे डिमान्काले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

२२ टिम सहभागी सेगुन्डा डिभिजनमा बार्सा बी लिगको १६ औं स्थानमा रहेको छ । कूल ३० खेल खेल्दा बार्सा बीले जम्मा ३६ अंक जोडेको छ भने शिर्ष स्थानमा रहेको ओस्काले ५७ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here