अन्ततः अर्थुर मेलो बार्सिलोना आउने (यस्तो छ उनको खेल)

बार्सा नेपाल । अन्ततः बार्सिलोनाले ब्राजिलका २१ वर्षिय प्लेमेकर अर्थुर मेलोलाई भित्र्याउने भएको छ । ब्राजिलको ग्रामियोबाट व्यवसायिक फुटबल खेलिरहेका उनलाई बार्सिलोनाले ३० मिलियन यूरो भित्र्याउन लागेको हो । साथै अतिरिक्त ९ मिलियन बोनस रकम दिन पनि बार्सिलोना र मेलोको क्लब ग्रामियो सहमत भएका छन् । बोनस रकम भने मेलोको खेलस्तर, उपाधि लगायतको कुरामा दिइन लागेको हो ।

दुई क्लबबीच सहमति भइसके पनि मेलो भने समर ट्रान्सफर विन्डोमा बार्सिलोना आउनेछन् । मेलो आउने भएपछि बार्सिलोनामा पुन अर्का ब्राजिलियन खेलाडी थपिने भएका छन् ।

मेलो ग्रामियोका प्रभावशाली खेलाडी हुन् । उनले क्लबलाई २०१७ मा कोपा लिबेरटाडोरेसको फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए । सोही समयदेखि उनको चर्चा चुलिएको हो ।

बार्सिलोनामा उमेरले पाको भइसकेका आन्द्रेज इनियष्टाको ‘रिप्लेसमेन्ट’को रुपमा मेलोलाई हेरिएको छ ।  मेलोको ब्राजिलको अन्डर १७ तथा अन्डर २० को टिमबाट प्रतिनिधित्व गरिसकेका छन् ।

अर्थुर मेलो बार्सिलोनाको जर्सीमा, के उनीसँग सम्झौता भइसकेको हो त ?

How Arthur Melo can be Barcelona’s next Iniesta ?

हेरौं उनका केही प्रतिभा,

नुमान्सियाले बार्सा बीलाई बराबरीमा रोक्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here