स्वारेजले बिल्बाओसँगको खेल गुमाउने

बार्सा नेपाल । बार्सिलोनाका फरवार्ड लुईस स्वारेजले एथ्लेटिक बिल्बाओसँगको खेल गुमाउने भएका छन् । शनिबार राति सम्पन्न मालागासँगको खेलमा पँहेलो कार्ड खाएपछि उनको निलम्बनको लागि पँहेलो कार्ड संख्या पुगेको कारण उनी एक खेलको निलम्बनमा परेका हुन् ।

मालागासँगको खेलमा गोलको खाता खोलेका उनले ८४ औं मिनेटमा पँहेलो कार्ड पाएका थिए । उनले मालागाका इग्नासी मिक्वेललाई फाउल गरेपछि रेफ्रीले उनलाई पँहेलो कार्ड देखाएका थिए ।

बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा लिगको २९ औं खेल खेल्दैछ । यसअघिको पहिलो चरणको खेलमा बार्सिलोनाले बिल्बाओलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो । उक्त खेलमा लियोनल मेसीले ३६ औं मिनेटमा तथा पाउलिन्होले इन्जुरी समयमा गोल गरेको थियो ।

स्वारेजले यस सिजनको ला लिगामा २ हजार १ सय ५१ मिनेट खेलिसकेका छन् । उनी मेसी पछिका लिगका उच्च गोलकर्ता पनि हुन् । उनले २० गोल गरेका छन् भने ६ वटा एसिस्ट पनि प्रदान गरेका छन् ।

रियल सोसिडाडको रेकर्डबाट बार्सा अब तीन खेल टाढा, के पुरै सिजन अपराजित हाेला त ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here