डेम्बेले ‘म्यान अफ द म्याच’, मालागासँगको खेलमा अन्य खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । बार्सिलोनाले लिगको २८ खेलमा मालागासँग जित निकाल्नको लागि लियोनल मेसीको आवश्यकता परेन । मेसी आफू तेस्रो सन्तानको पिता बनेपछि १८ जनाको खेलाडी सूचीबाट उनको नाम हटाइएको थियो । यद्यपी स्वारेज र कोउटिन्होको गोलको मदतले बार्सिलोनाले मालागालाई २–० गोलले पराजित गर्यो

यहाँ हामीले मालागाबिरुद्धको खेलमा बार्साका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा रेटिङ्ग तयार पारेका छौं । रेटिङ्गको पूर्ण अंक १० रहेको छ ।

टेर स्टेगन– ६

मालागासँगको खेलमा उनी त्यति ब्यस्त नै हुनै परेन । मालागाका खेलाडीहरु बार्सिलोनाकै आक्रमण रोक्न ब्यस्त हुँदा बार्साको पोस्टमा सशक्त ढंगगले आक्रमण गर्न नै सकेनन् ।

सर्जी रोबर्टो– ६.५

मिडफिल्डर सर्जी रोबर्टोले राइट ब्याकबाट मालागासँगको खेलमा पनि राम्रो खेले । प्रशिक्षक भालभर्डेले चेल्सीसँग हुने अगामि खेलको लागि पनि उनलाई नै सोही स्थानबाट खेलाएर चेल्सीका हाजार्डलाई रोक्ने दाउमा हुनेछन् ।

जेरार्ड पिके– ७

मालागासँगको खेलमा जेरार्ड पिके बढि आत्माविश्वासी देखिए । घुँडामा लागेको चोटको कारण पनि उनले आफ्नो जिम्मेवारी पूर्ण ढंगले निभाए र गोल किपर टेर स्टेगनको जिम्मेवारी घटाउन सफल रहे ।

स्यामुअल युम्टीटी– ७

खेलको दोस्रो हाफमा युम्टीटीले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न भने पाएनन् । उद्यपी उनी आफ्नो काममा भने जेरार्ड पिके झै जिम्मेवार देखिए ।

जोर्डी अल्बा– ८

स्वारेजलाई खेलको १५ औं मिनेटमा गोल गर्ने पास अल्बाले नै उपलब्ध गराइदिएका थिए । साथै मालागाका खेलाडीलाई दवावमा राख्दा उनलाई ट्याकल गर्ने स्यामुअल गार्सियाले खेलको ३० औं मिनेटमै रातो कार्ड खान पुगे ।

सर्जियो बुस्क्वेट– ६.५

बुस्क्वेट तुलनात्मक रुपले मालागासँगको खेलमा कमजोर देखिएका हुन् । चेल्सीसँगको खेलको लागि भनेर उनलाई प्रशिक्षक भालभर्डेले जोगिएर खेल्न आग्रह गरेको पनि हुनसक्छ । यद्यपी खेलमा उनले कुनै गल्ती भने गरेनन् ।

इभान राकेटिच– ६

खेलमा राकेटिचको मेहनत देखिएको थियो तर अगाडि बढेको बललाई ब्याक पास गरेर उनको प्रदर्शन फितलो देखिएको पक्कै हो । उनलाई पनि चेल्सीसँगको खेलको लागि जोगाएर राखिएको हुनसक्छ ।

पाउलिन्हो– ६

पाउलिन्होको पछिल्लो खेलहरुमा खस्केको स्तर मालागासँगको खेलमा भने केही सुधार भएको देखिएको थियो । तर जितमा उनले टिमको लागि योगदान भने खासै गर्न सकेनन् ।

फिलिप कोउटिन्हो– ७

खेलको २८ औं मिनेटमा डेम्बेलेसँग तालमेल गरेर गोल गरेका कोउटिन्होको खेल राम्रो थियो । उनले गरेको ब्याकहिल गोलले उनको क्षमता दर्शाउँछ । त्यस्तै रोबर्टोको पासमा गोल गर्ने प्रयास गर्नु पनि उनको सकारात्मक पक्ष हो ।

ओस्माने डेम्बेले– ९

मेसीले खेल नखेल्ने भएपछि डेम्बेले भालभर्डेकोे रोजाइमा परे । अन्ततः उनले बार्साबाट आफुले आफुलाई प्रमाणित गरिछाडे । पक्कै पनि डेम्मेलेको खेल बार्साबाट खेलिएको सबैभन्दा उत्कृष्ट खेल हो । पहिलो गोलको लागि तालमेल मिलाइदिनु, दोस्रो गोलमा एसिस्ट गर्नु, आकर्षक बल टचले उनको प्रदर्शन राम्रो देखियो ।

लुइस स्वारेज– ८

खेलको १५ औं मिनेटमा नै गोल गरेर स्वारेजले बार्सिलोनालाई अग्रता दिए । उनको जिम्मेवारी अग्र भागमा रहेकोले उनी आफ्नो काममा ब्यस्त देखिए ।

बैकल्पिक खेलाडीहरु

आन्द्रे गोमेज– ५.५

सर्जी रोबर्टोको स्थानमा परिवर्तन

लुकास डिने– ६

उनले अल्बाको ठाउँबाट अन्तिम १३ मिनेटमात्रै खेल्न पाए ।

एलेक्सिस भिडाल

खेलको उत्तरार्धमा उनले डेम्मेलेको स्थानमा केहीबेरमात्रै खेल्न पाए ।

मालागाका खेलाडीहरु

  • रोबर्टो ८
  • रोसालेजल ६
  • हर्नान्डेज ६
  • मिगुइल ६
  • रिक्का ५
  • कास्ट्रो ५
  • लेस्टाइन ६
  • सामु ३
  • इटुरिया ६
  • लासेन ६
  • ब्राउन ६
  • एन नासरी ५

बार्सिलोनाले मालागालाई हरायो, लिगमा ११ अंकको अग्रता

रियल सोसिडाडको रेकर्डबाट बार्सा अब तीन खेल टाढा, के पुरै सिजन अपराजित हाेला त ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here