बार्सिलोनाले मालागालाई हरायो, लिगमा ११ अंकको अग्रता

बार्सा नेपाल । बार्सिलोना जारी सिजनको लिगको २८ खेलमा पनि अपराजित रहेको छ । केही अघिबेर अघि सम्पन्न मालागासँगको खेलमा बार्सिलोनाले २–० गोलको जित निकालेपछि आफ्नो अपराजित यात्रा लम्ब्याएको हो ।

मालागाको घरेलु मैदान ला रोजालेडामा सम्पन्न खेलमा बार्सिलोनाको लागि खेलको १५ औं मिनेटमा जोर्डी अल्बाको पासमा लुईस स्वारेज तथा २८ औं मिनेटमा ओस्माने डेम्बेलेकोे पासमा फिलिप कोेउटिन्होले गोल गरेका थिए ।

स्टार्टिङ लाइनअप

त्यस्तै खेलको ३० औं मिनेटमा मालागाका खेलाडी स्यामुअल गार्सियाले जोर्डी अल्बालाई कडा ट्याकल गरेपछि उनलाई सिधा रातोकार्ड देखाइएको थियो । त्यसपछिको समयमा पनि बार्सिलोनाले मालागामाथि जित दर्ता गर्न सकेन ।

जितसँगै बार्सिलोनाले २८ खेलबाट ७२ अंक जाडेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ६१ अंक रहेको छ । यद्यपी एथ्लेटिको मड्रिडले १ खेल कम खेलेको छ ।

डेम्बेले ‘म्यान अफ द म्याच’, मालागासँगको खेलमा अन्य खेलाडीको प्रदर्शन कस्तो ? (प्लेसर्य रेटिङ्ग)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here