रियल सोसिडाडको रेकर्डबाट बार्सा अब तीन खेल टाढा, के पुरै सिजन अपराजित हाेला त ?

बार्सा नेपाल । बार्सिलोनाले केहीबेरअघि सम्पन्न लिगको २८ औं खेलमा मालागालाई २–० गोलले पराजित गरेपछि आफ्नो अपराजित यात्रा ३५ खेलसम्म पुर्याएको छ । यसअघि नै क्लबको रेकर्ड तोडिएको भए पनि रियल सोसिडाडले सन् १९७८–७९ देखि १९७९–८० मा ३८ खेलसम्म अपराजित भएको रेकर्ड राखेको थियो । सोही रेकर्ड तोड्नको लागि बार्सिलोना आतुर देखिएको छ ।

रियल सोसिडाडको नाममा रहेको रेकर्ड बराबरी गर्नको लागि बार्सिलोनाले अब एथ्लेटिक बिल्बाओ, सेभिया तथा लेगानेसलाई पराजित गर्न आवश्यक रहेको छ । त्यस्तै त्यस पछिको अर्को खेलमा भ्यालेन्सियालाई पराजित गरेमा रेकर्ड नै तोडिन्छ । सेभियासँगको खेल बाहेक अन्य तीन खेल घरेलु मैदान क्याम्प नाउमै हुनेछ ।

पुरै सिजन नै अपराजित ?

बार्सिलोना पुरै सिजन अपराजित रहनको लागि अझै लिगको १० खेलमा अपराजित हुनु आवश्यक छ । यदि बार्सिलोना यस सिजनको पुरै खेलमा अपराजित रहेमा यो रेकर्ड भने नयाँ हुँदैन । सन् १९२९–३० मा एथ्लेटिको मड्रिड र सन् १९३१–३२ मा रियल मड्रिड पुरै सिजन अपराजित रहेको थियो । तर, उक्त समयमा लिगमा मात्र १८ खेल हुने गर्थ्यो ।

बार्सिलोनाले मालागालाई हरायो, लिगमा ११ अंकको अग्रता

डेम्बेले ‘म्यान अफ द म्याच’, मालागासँगको खेलमा अन्य खेलाडीको प्रदर्शन कस्तो ? (प्लेसर्य रेटिङ्ग)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here