मेसीले आज हुने मालागासँगको खेल गुमाउने

बार्सा नेपाल, फागुन २६ । अबको केही घण्टापछि बार्सिलोनाले मालागासँग खेल्न लागेको लिगको २८ औं खेल लियोनल मेसीले नखेल्ने भएका छने । यसअघि हिजो सार्वजनिक गरिएको अन्तिम १८ को सूचीमा मेसीको नाम परेको थियो तर उनी तेस्रो सन्तानको पिता बनेपछि उनले उक्त खेल नखेल्ने भएका हुन् ।

मेसीको नाम खेलाडी सूचीबाट हटेपछि उनको स्थानमा यारी मिना परेका छन् । मिनालाई यसअघि प्रकाशित सूचीमा समावेश गरिएको थिएन ।

मेसीले शनिबार अपरान्ह आफु तेस्रो छोराको पिता बनेको जानकारी इन्टाग्राम माफर्त दिएका छन् । इन्स्टामा एक फोटो सहितको पोस्ट गर्दै उनले सिरो (उनको तेस्रो छोरा)लाई स्वागत गरेका छन् ।

मेसीका यसअघि नै दुई छोराका पिता बनेका थिए । उनको दुई वर्षिय छोरा माटेओ र पाँच वर्षिय छोरा थियागो रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here