मालागादेखि मालागासम्मः ३४ खेलमा अपराजित बार्सा, रियल सोसिडाडको रेकर्ड तोड्न आतुर

बार्सा नेपाल । ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार बिहान साढे १ बजे (नेपाली समयअनुसार) लिगको २८ औं खेल खेल्दैछ । आज मालागालाई पराजित गरेर बार्सिलोना ३५ खेलमा अपराजित रहन चाहान्छ ।

बार्सिलोनाले ला लिगामा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई पराजित गरेर लिगमा ८ अंकको अग्रता कायम गरेको छ ।

लिगको अन्तिममा रहेको मालागाले जम्मा १३ अंक मात्रै जोड्न सकेको छ । मालागा पछिल्लो १२ खेलमा पराजित छ ।
मालागाले यस सिजन लिगमा लिगमा ३ वटा मात्रै जित दर्ता गरेको छ । जसमध्ये सेल्टा भिगोलाई २–१ गोलले, डिर्पोटिभोलाई ३–२ गोलले तथा रियल सोसिडाडलाई २–० गोलले पराजित गरेको हो ।

यसै सिजनको पहिलो चरणको खेलमा बार्सिलोनाले मालागालाई घरेलु मैदानमा २–० गोलले पराजित गरेको थियो ।
गत सिजनको ३१ औं चरणको खेलमा मालागासँग बार्सिलोना २–० गोलले नै पराजित भएको थियो । उक्त खेलको ६५ औं मिनेटमा नेयमारले सिधा रातो कार्ड खाएका थिए । उक्त खेलमा पराजित भएपछि बार्सिलोनाले ला लिगाको कुनै पनि खेल हारेको छैन ।

ला लिगामा हालसम्म ३८ खेलमा अपराजित रहने टिम रियल सोसिडाड हो । सोसिडाडले सन् १९७८–७९ को सिजनमा उक्त रेकर्ड कायम राखेको थियो ।

आज हुने मालागसँगको खेलको बारेमा कुरा गर्दै प्रशिक्षक अर्नेष्टो भालभर्डेले तीन अंक महत्वपूर्ण रहने बताएका छन् । लिगमा ८ अंकको अग्रता भए पनि हरेक खेलबाट ३ अंक जोड्नु महत्वपूर्ण हुनेक उनको तर्क थियो ।

उता मालागाका प्रशिक्षक जोसे गोन्जालेजले भने आफ्नो टोली कमजोर देखिए पनि फुटबलमा नसोचेको नतिजा आउने अन्तिम खेलाडी सूची सार्वजनि गर्दा बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here