फिफाद्वारा आकस्मिक रुपमा बार्साका ९ खेलाडीहरुको एन्टी डोपिङ परिक्षण

बार्सा नेपाल, फागुन २५ । बार्सिलोनाले मालागासँगको खेलको लागि अभ्यास गरिरहेको बेला फिफाको प्रतिनिधिहरु आएर ९ जना खेलाडीहरुले एन्टीडोपिङ परिक्षणको लागि रगत तथा पिसावको नमुना संकलन गरेको छ ।

यस कुराको पुष्टी क्लबले नै गरेको छ । क्लबका अनुसार सर्जियो बुस्क्वेट, पाउलिन्हो, जोर्डी अल्बा, लुकास डिग्ने, जेरार्ड पिके, आन्द्रे गोमेज, टेर स्टेगन, थोमास भर्माइलिन तथा आन्द्रेज इनियष्टाले परिक्षणको लागि रगत तथा पिसाव दिएका छन् ।

उक्त अभ्यास सत्रमा बार्सा बीका खेलाडी कार्लेस एलेना पनि आएका थिए । आन्द्रेज इनियष्टा, नेल्सन सेमेडो तथा डेनिस स्वारेज घाइते भएपछि उनी सिनियर टिममा सामेल भएका हुन् ।

खेलाडीहरुले खेलमा अतिरिक्त क्षमता देखाउनको लागि शक्तिवर्धक औषधिहरुको प्रयोग गरेका छन् कि छैनन् भनेर नियमित रुपमा फुटबलको सर्वोच्च निकाय फिफाले उक्त परिक्षण गर्ने गर्छ । यदि खेलाडीहरुले त्यस्ता औषधिहरुको प्रयोग गरेको थाहा पाएमा सबै उपाधिहरु खोसिनुका साथै खेल जीवनबाट नै बन्धेज लगाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here